साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिँगापुर

Nepal Telecom ad

हेलो ! झिँगापुरका बासिन्दाहरू हाउ आर यू ? पक्कै पनि सत्रै आना सुखले सरोबर अति आनन्दित र खुसीले लबालब भरिएको हुनुहुन्छ होला । नहुनु पनि किन ? नयाँ नेपालका नेपाली पो हौँ त ए गाँठे हामी त !
जताततै नयाँपनको अनुभूति गर्न पाएकै छौँ क्यार ! त्यति भएपछि अरू के नै पो चाहियो र ? झन आजभोलि त सुनमाथि सुगन्धै सुगन्ध थपिएको छ । चारैतिर ! आहा हा हा ! क्या मीठो सुमधुर बास्ना व्याप्त भएको छ । जति सँुघ्यो उति सुँघिराखूँ जस्तो ! पिनाससिनास भएको छ भने पनि चटक्कै ठीक हुन्छ यो बास्ना सँुघेपछि त ! तपैँलाई पनि पिनास भएको छ भने लौ है मौकामा चौका हानी फाइदा उठाइहाल्नुस् ।
चोक, टोल, सडक जताततै बिस्कुन फिँजाए जसरी फिँजाइएको फोहोरको दृश्य अति नै चित्ताकर्षक र मनमोहक देखिन्छ । घरबाट निष्कासित ढोकाबाहिर स्थापित त्यस्ता सुगन्धदायक चिजबिजको चुली देखेर दिलैदेखि प्रसन्न नहुने को नै होला र ! अलि दिन यस्तो मनोहारी दृश्य देख्न र सुगन्ध सुँघ्न पाइएन भने के नभएको के नपुगेको जस्तो लाग्न थालिसक्यो अब त हामीलाई, कि कसो झिँगापुरबासी ?
विदेशी महँगो अत्तर बेच्नेहरू चैँ आफ्नोे व्यापार चौपट भएकाले धुरुधुरू रुँदा हुन् हगि ? बिचरा ! यस्ता चारैतिरका सुगन्धित् बिस्कुन पर्वतबाट हररररर आउने प्राकृतिक अत्तरका अगाडि त ती प्mयाक्ट्रीमा उत्पादित अत्तरको के जोड चल्थ्यो र ! पूरा सिसी नै आफूमाथि खन्याएर सडकमा हिँड्यो भने पनि त्यसको बास्ना नैसर्गिक रुपमा हावामा नै मिस्सिरहेको हाम्रो झिँगापुरमा फैलिएको मगमग बास्नाको अगाडि कता हराउँछ कता ? यसरी फ्रिमा मगमगाउन पाएपछि कसले गाँठो पारेर राखेको गाँठ खर्चियोस् त !
घर पसलबाट निस्कासित कुराहरूलाई उचित रुपमा व्यवस्थापन गरियो भने फेरि नेपालीहरू देख्न, सुँघ्न नपाएर न्यास्रिएलान् भनेर होला कहिले कसले, कहिले कसले विभिन्न बहाना गर्दै दुई चार महिना, दुई चार महिनामा यो रमाइलो क्रम दोहो¥याइरहेका छन् । जसले जुनसुकै कारणले यो क्रम दोहो¥याएका भए पनि हामी सबैले धन्य भएर उनीहरूलाई धन्यवाद नभनीकन त हुँदैहुँदैन है ! साँच्ची धन्यवाद त गौमाता, घरसडकको रखवारी गर्ने कुकुर आदिका तर्फबाट पनि दिनुपर्छ होला । किनभने यी सुगन्धित् पर्वतमाला आरोहण गर्न यिनीहरूलाई पनि असाध्यै रमाइलो पो लाग्छ त ! अनि झिँगा, लामखुट्टे, विभिन्न प्रकारका साना ठूला जीवाणु, कीटाणु आदि त झन कृतकृत्य भएका छन् । त्यसैले उनीहरूले ती पर्वतमालाभन्दा पनि ठूल्ठूला धन्यवादका पोका पार्सल गरेका छन् । किनभने उनीहरू अति नै प्रसन्न छन् । यसरी आपूmलाई मन पर्ने कुरा छानिछानी खान, बस्न, घुम्न र मोज गर्न पाएपछि खुसी नहुने संसारमा को नै होला र !
यसरी शहरलाई फोहोरले शोभायमान्, सुगन्धित् र सुन्दर पार्ने महामानवहरूले गर्वले आफ्नोे शिर र नाक ठाडो पारेर छाती फुलाउनै पर्छ । अनि हामी केही गर्न नसक्ने हुतिहाराले चैँ यस्तो पुरुषार्थ गर्नेहरूप्रति नतमस्तक भै कृतज्ञ बन्नैपर्छ ।
ल है, धारामा पानी आएको छ भने तपैँहरू चैँ भातसात पकाएर खानुस् छैन भने व्रत बस्नुस् । म चैँ जताततै मगमगाउने बास्ना सँुघ्न जान्छु । आपूmलाई कस्तो तलतल लागिसक्यो । केहीगरी सफासँग उठाएर लगिहाले भने त फेरि दुई चार महिनासम्म सँुघ्नै पाइन्न । अनि के गर्नु नि ? बरू तपैँ पनि झिँगापुरको सैर गर्न जाने हो कि ? जाने भए आउनुस्, सँगै जाऔँ । हेरेर, सुँघेर खुसी होऔँ, आनन्द मानौँ ।

‘झिँगापुर’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x