साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रकविज्यू ! ‘गौरी’ लाई ‘गउरि’ बनाइँदै छ !

Nepal Telecom ad

वर्ण विन्यासका सुधार वादीहरूले गुरु प्रसाद मैनालीको ‘शहिद’ कथालाई ‘सहिद’ बनाएरै छोडे । झमककुमारी घिमिरेकोे प्रसिद्ध कृति ‘जीवन काँडा कि फूल’ अशुद्ध भइसक्यो । ‘जीवन काँडा कि फुल’ हुनुपर्ने अरे ! राष्ट्रकवि घिमिरेको ‘गौरी’ खण्डकाव्यको शीर्षक पनि ‘गउरि’ नबनाउलान् भन्न सकिँदैन ।
पाठकवृन्द ! दुई जना चर्चित घिमिरे साहित्यकार आजका विषय बनेका छन् । एक जना हुन्, बोल्न नसक्ने तर असाध्यै बान्की परेका झुम्का जस्ता अक्षरमा हृदयस्पर्शी कुरा लेख्न सक्ने झमककुमारी घिमिरे । अचेल उनको नाम झमक कुमारी घिमिरे बनाइएको छ । झमककुमारीको मुख बोल्दैन, कलम बोल्छ । ‘जीवन काँडा कि फूल ?’ लेखेर पुरस्कृत भएकी उनले पाएको पुरस्कारप्रति नै प्रश्न उठ्न थालेको छ । शीर्षक नै अशुद्ध भएको पुस्तक कसरी पुरस्कृत भयो ? आधुनिक वर्ण विन्यास अनुसार उनको पुस्तकको शीर्षक ‘जीवन काँडा कि फुल ?’ हुनुपथ्र्यो ।
‘जीवन काँडा कि फूल ?’ र ‘जीवन काँडा कि फुल ?’ मा अर्थगत भिन्नता खोजौँ । परम्पराअनुसार ह्रस्व ‘फुल’ले अण्ड बुझाउँछ । जीवनको मूलस्रोत अण्ड हो । प्राणीका चार जातमध्ये अण्डज पनि एउटा हो । यसकारण प्रश्न उठ्न सक्छ जीवन अण्डको अर्थ दिने फुल त होइन ? झमक कुमारीका चरणकमलबाट लेखिएको ‘फूल’ अवश्य नै संस्कृतको ‘फुल्ल’बाट क्षतिपूरक दीर्घीकरण भई बनेको ‘फूल’ नै हो । यसरी शीर्षकसमेत अशुद्ध हुने गरी बनाइएको वर्णविन्यासको नयाँ नियम सक्रिय हुँदा अर्का घिमिरे माधवप्रसादको लोकप्रिय खण्डकाव्य ‘गौरी’लाई पनि औच्चारणिक आधारमा नेपालीकरण गरी ‘गउरि’ बनाइदिन बेर छैन । यसको दोष चाहिँ गौरीकै जुवाइँ साहेब हेमाङ्ग राज अधिकारीमा आरोपित हुने छ । किनभने मेरा आदरणीय अग्रजले पाठ्यक्रम विकास केन्द्रको विषय समितिको अध्यक्ष हुँदा ‘विद्या’को उच्चारण ‘बिद्ध्या’ गरे भन्ने तर्क तेस्र्याएर ‘विद्या’ लेख्नुपर्ने हुकुम जारी गराएरै छाड्नुभयो ।
‘पाँच सय’लाई ‘पान सए’ उच्चारण गरिएजस्तै गरी अचेल रेडियो र टेलिभिजनका प्रस्तोताहरूले ‘ऐन’लाई ‘अइन्’ नभनेर ‘एन्’ भन्न थालेका छन् । अब ‘मुलुकी ऐन’ नलेखेर ‘मुलुकि अइन्’ लेख्नुपर्ला । ‘गौरी’लाई पनि हिन्दी भाषीले झैँ ‘गोरी’ नभन्लान् भन्न सकिँदैन । यसकारण ‘गौरी’ लाई ‘गउरि’ बनाउनुको विकल्प छैन ? लुकेर होइन, खुला मैदानमा विशाल जनसभाका बिचमा बसेर हेमाङ्ग दाइसँग वर्णविन्यासका सम्बन्धमा एक महिनासम्म बहस गर्न तयार छु, कुतर्क मान्न किमार्थ सक्तिनँ । शास्त्रार्थका लागि हेमाङ्ग दाइ नै रोज्नुको कारण छ । उहाँले नेपाली वर्ण विन्यासमा मैले जति नै अध्ययन त गर्नुभएको छैन । तर अरू विद्वान्हरूका तुलनामा उहाँ नै बढ्ता जान्ने हुनुभएको छ । उहाँको चिन्ता र विद्वत्ता प्रशंसनीय छन् । मेरो उग्र आक्रोशजस्तै पूर्वाग्रह, एकोहोरो ढिपी र अराजक अडान मात्रै उहाँका अशोभनीय दुर्गुणहरू हुन् । हाम्रो बहस भइरहेको छ । कहिले उहाँको निवासमा त कहिले टेलिफोनमा । टेलिफोनमा कहिले त हामी घण्टौँ कुर्लिन्छौँ । अबको बहस सार्वजनिक हुनु आवश्यक छ । कम्तीमा पाँच सय जना नेपाली भाषाका विद्वान्हरू रहने भेला आयोजना उहाँले नै गर्नुभए हुन्छ । एक महिनाअगाडि सूचना पाउनु चाहिँ पर्छ । उहाँसँगको शास्त्रार्थमा मेरो अनुसन्धानात्मक तर्क हा¥यो भने मैले वर्णविन्याससम्बन्धी विषयको विद्यावारिधिका लागि दाबी गर्ने छैनँ ।

नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x