साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय गुन्डाय नमः

Nepal Telecom ad

छोरो भन्छ
पुलिस अफिसर बन्छु
डिआइजी बन्छु
देशको लागि केही गर्छु
हो, छोराले अफिसर भएपछि
नाम कमाउला
दाम कमाउला
तर त्यहाँ पनि त
गुण्डा आउला
पुलिसको हात समाउला
लुटेको दाम थमाउला
त्यसैले मेरो छोरो
न पुलिस अफिसर बन्छ
न डिआइजी बन्छ
बने छोरो गुन्डा नै बन्छ ।

कहिले छोरो भन्छ
डाक्टर बन्छु
सेवा पनि हुने
मेवा पनि हुने
डाक्टर बन्यो भने पनि त
सरकारी होइन
प्राइभेट नै समाउने हो
दुई चार करोड दाम त कमाउने हो
फेरि प्राइभेट अस्पताल पनि त
गुन्डाले नै चलाउने हो
त्यसैले अब
छोरो डाक्टर के बन्छ
बने छोरो गुण्डा नै बन्छ ।

कहिले छोरो भन्छ
कमर्स पढ्छु
सी ओ बन्छु
बैंकमÞा काम गर्छु
बैंकको अखडा पनि त
गुण्डाले नै जमाउने हो
घर घडेरी बेच्न
गुण्डा नै लगाउने हो
त्यसैले अब छोरो
बैंकको सी ओ के बन्छ ?
बने छोरो गुण्डा नै बन्छ ।

कहिले छोरो भन्छ
नेता बन्छु
देशको शिर उठाउछु
विकासको मूल फुटाउछु
तर नेतालाई पनि त
गुन्डाले नै जिताउने हो
गुन्डाकै भलो चिताउने हो
त्यसैले छोरो
त्यो नेता पनि के बन्छ ?
बने छोरो गुण्डा नै बन्छ ।

पहिले सबै गुण्डालाई प्रयोग गर्छन्
पछि गुण्डा सबलाई प्रयोग गर्छन्
गुण्डाकै छ चलखेल गुण्डाकै छ धाक
ठेक्कापट्टा बालुवा गिट्टी गुन्डाकै हाँक
पुलिस नेता कर्मचारी पनि
पाएकै छन्, आफ्नो पाउँछन् भाग
छ भने यो देशमÞा गुन्डाकै छ माग
उद्योगपति ब्यापारी भन्दा
गुण्डाले नै धेर धन फलाउँछन्
यन्त्र तन्त्र संयन्त्र मात्र कहा हो र !
सरकार पनि गुण्डाले नै चलाउँछन्
त्यसैले मेरो छोरो
अब अरू के बन्छ ?
बने छोरो गुण्डा नै बन्छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x