साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिको जात्रा सिद्राको ब्यापार

Nepal Telecom ad

धन्यवाद छ नेपाल सरकार !
मन्त्रीज्यूका कुर्सीमा बस्ने मूर्तिहरूलाई मेरो नमस्कार !!
कहिले विकास हुन्छ र गतिलो संस्कार ?
पशुपतिनाथले पनि कल्याण गरेनछन् कि क्यार
खुम्चिएको छ नि त दरबार !

टोपी फुकालेर थाप्लो थाप्न हौ तयार,
तराईतिरबाट बर्सिंदै छन् हतियार ।
किन भन्छौ राजाका मतियार ?
दिन सक्नु पर्यो नि त गुहार
ऐनामा हेर त आफ्नो अनुहार !
देशमा दिनदिनै गाईजात्रा छ यार !!

किन रोक्छौ रक्तचन्दनको कारोवार ?
खुला नाका, छुट छ भन्सार ।
भरिन्छ नि त देशकै धनसार
चल्नुपर्छ तिनकै अनुसार
भन्न छोड अब गद्दार सद्दार
चुप लाग, बोल्यौ भने खबरदार !

अझै कायम गर्नुपर्छ अलमल र दोधार
कहिले गर्ने हो चुनावको प्रचारप्रसार !
खुस्कन थालिसक्यो सुरुवालको इजार,
ख्याल गर, सार्वजनिक होला नि गुदद्वार !
यता सिंहदरवारले लगाइरहेछ प्यार !

जनताहरू भै रहेछन् हाहाकार
कन्टेनरमा छन् रे हतियार
तै पनि चलेकै छ मारामार
मन्त्रमा मात्रै भयो सुधार
सरकार पनि ज्यादै छ उदार
कानमा तेल हालेरै सुतोस् अख्तियार !
किन रोक्नु पर्यो र भ्रष्टाचार !
तपाइँ पनि गर्नुस् न विचार !!!

चेलीबेटी बेचिन्छन् रे वर्षेनि बाह्र हजार
भो यहाँ बसेर त लागिँदैन पार
जानुपर्छ कि क्या हो बद्रि केदार
बटुलेर तरुनीहरू दुई चार
भै हाल्छ नि, पशुपतिको जात्रा सिद्राको व्यापार !!

बम्घा, गुल्मी
‘फित्कौली’, अङ्क १५, २०६४ भदौ बाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x