साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

Nepal Telecom ad

१. निर्वाचन ए, निर्वाचन, नरोउ न भन्या

चोरी, घूस कतै, कतै निरस ती खस्रा–रुखा भाषण !
कुर्सी–खेल कतै, कतै महलका अग्ला ठुला आसन !
भोको पेट कतै, कतै छ दिलको चित्कार, आश्वासन !
हाँस्यो ‘भोट’ बग्यो निस्शब्द कविता रोएछ निर्वाचन !!

२. छोप्ने कुरा छोप न

मुन्द्री छन् नि विशाल चक्र सरिका ती कानभन्दा ठुला !
छोटो त्यो तनको लुगा सँगसँगै भो बक्ष आधा खुला !!
यौवन् त्यो बिजुली सरी क्षणिक हो शालीनता रोप न !
भो छर्लङ्ग अनेक अङ्ग किन हो ? छोप्ने कुरा छोप न !

३. झुसेको बुद्धि ! …हा हा हा

मिल्नै पर्दछ गर्नुहुन्न झगडा लोग्ने र स्वास्नी पनि !
सम्झायो गुरुले त एक रथका पाङ्ग्रा दुई हुन् भनी !
गाडी मोटरमा रहन्छ जसरी पाङ्ग्रा जगेडा–बुझी !!
होला पन्चर एक सोचि घरमा ल्याएछ अर्की झुसी !!

४. भल्भ मुटुको

मायाले मुटुको विशाल ‘अरिकल’ टम्मै भरेको थिएँ !
आएछौ कि भनेर ‘भेन्ट्रिकल’मा खोज्दै झरेको थिएँ !!
बस्थ्यौ हैन र ? द्वारमा प्रियतमा तस्वीर तिम्रै थियो !
टालेनौ किन हो नि ‘भल्भ’ मुटुको माया थियो पोखियो !!

धनगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x