साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रलोक

सोर्सफोर्स पुग्नेहरूको मात्रै रे, नत्र सम्झेर दर्ता गराउन खोज्नेहरूको पनि त्यहाँ त्यो गति रे, जति रुपियाँको टिकट टाँसेर बिन्तीपत्र हाले पनि हालेको हाल्यै हुने रे... ।

Nepal Telecom ad

आखिर वैज्ञानिकहरूको चन्द्रलोक पुग्ने सपना पनि पूणर् भएकै हो । हुन ठूला महत्त्वपूणर् प्रसङ्गगलाई सानातिना झ्याउरे प्रसङ्ग जोड्न असुहाउँदिलो हुनेछ, तापनि आफ्नो सानोपन छोड्न नसक्दा भन्न मन लाग्दछ सम्पूणर् नेपालीहरूले पेटभरि खाएको र आङभरि लाएको देख्न पाउने सपना कहिल्यै पूरा भएन । कैयौं फोस्रा परिवर्तन आए, ढोगभेट गरे, मानो पचाए गए, हामी नमस्ते गरेका गर्‍यै भयौँ । हाम्रो समस्या पचेन वा हामीले पचाउन सकेनौं ।

यस्तो लाग्दछ हाम्रो सपना ‘रजिस्टर्ड’ थिएन । अञ्चलाधीशको दर्ता नम्बर नपाएका सामयिक सङ्कलन जस्ता भयौँ हामी वीर नेपाली । दर्ता नभएकालाई विज्ञापन छैन, पत्रिकाको स्तर हेरेर विज्ञापन दिनलाई हामीसँग साधन (स्तर जाँच्ने भिन्दै विभाग) छैन, हालसाल गजेटमा लेखेको बजेट छैन, भए पनि सिद्धिएको छ, उसलाई त पहिल्यै दिइसकेको थियो र पो त ……।

हामी दोस्रो विश्वयुद्धमा अङ्ग्रेजका लागि भेडाबाखासरि जुधेर नाम कमाएका वीर नेपाली, तेस्रो त्यस्तै युद्ध परिहाल्यो भने पनि भोको पेट र एघार वटा करङलाई पटुकी र गुप्ताङ्गलाई किस्ताबन्दीमा लिएको घरेलुको लँगौटीले कसकास पारेर सिमानामा लगेर एक हातको खुकुरी तेस्र्याएर खोक्दै ‘हामी वीर नेपाली’ भनिदिउँला अनि त वैरी त्यसै तर्सेर भागिहाल्छन् कथङ्काल भागेनछन् र तोप ट्याङ्क लिएर आए अथवा अणुबम नै हाम्रा थाप्लोमा प्रयोग गर्ने सुरसार ल्याए भने पनि ‘हाम्रो असंलग्न नीति हुनाले हामी कतैपट्टि नलागेर आनन्दसँग चुपचाप लागेर अमेरिकाले दिएको गहुँ र चीनले दिएको चामल खाएर बस्छौं, भारतको साइकल चढ्छौं कृपया फर्केर गइदिनुहुन अनुरोध छ’ भनेर सम्झौता गरेपछि त दुवै थरीले (सबै थरी) कुलेलाम ठोक्न कर लागिहाल्छ । तर चन्द्रमामा बसोवास सुरु भएपछि चाहिँ हामीले असंलग्न भएन ‘न चन्द्रमाको न पृथ्वीको’ हुन पुग्नुहुन्न । जता फाइदा हुन्छ छानेर एकातिर संलग्न हुन पाए ‘रजिस्टर्ड’ (दर्ता) भइएला कि ?

आफूले थाहा नपाएकाले हो कि किन हो कुन्नि यी तीन लोक र चौध भुवनको भजन गाएर सिदा बटुल्नेदेखि लिएर चन्द्र ग्रहणमा डाँको छाडेर रुनेहरूसम्मलाई मुड्की हानूँजस्तो लाग्दछ । फेरि चन्द्रमामा पनि लोक (त्यहाँ हुनसक्ने जनता अथवा प्रजा) छन् कि छैनन् भन्ने कुराको पत्तो नलागेसम्म त ‘चन्द्र धरातल’ पो भन्नुपर्दो हो कि ‘चन्द्रलोक’ भन्ने ? त्यसो त हामी पत्रपत्रिका हेर्न चाँजो नमिल्ने स्तरका मान्छेलाई हिजोआज कसैले चन्द्रमाको जनसङ्ख्या समेत पत्ता लगाएर आइसकेको भए पनि के थाहा ? जे होस्, थाहा नपाउनु हाम्रो अपराध पनि त हैन नि । सन्तुलित आहार र विहार नपाएर एकैचोटि टी.बी.ले भर्ने बेलामा थाहा पाएर झस्किँदै पिण्डको आशा गर्ने हामीले त्यति थाहा नपाउनु कुन ठूलो कुरो भयो र … ?

जे होस् राम्ररी होसियारीपूर्वक दर्ता नभईकन ऊभन्दा ऊ चाँडो हुने हारहुरे होडबाजीले गर्दा भताभुङ्ग भई खेल बिग्रन बेर लाग्दैन । हालसालै पनि एउटा चन्द्रयान चन्द्रमाबाट फर्कने बेलामा हतारले दर्ता गर्ने दरखास्त दिन बिर्सेछन् । फेरि त्यहाँका मैजिस्ट्रेटको पनि सकेसम्म कसैलाई दर्तै नगर्ने नीति रहेछ अनि ‘दर्ता नभएकाहरूलाई सहुलियतहरू नदिनु, उम्कन नदिनु, बीचैमा काटीकुटी सिद्धाइदिनु…’ भन्ने सूचनाचाहिँ सबैतिर पठाइदिएको रहेछ । यी दर्ता बिर्सने तीनै जना चन्द्रयात्रीहरूको प्राण यानभित्रै गैसकेछ रे पृथ्वीमा यान नउत्रिँदै…। प्राण जानासाथ त बिचराहरू मरी पनि हालेछन् । सोर्सफोर्स पुग्नेहरूको मात्रै रे, नत्र सम्झेर दर्ता गराउन खोज्नेहरूको पनि त्यहाँ त्यो गति रे, जति रुपियाँको टिकट टाँसेर बिन्तीपत्र हाले पनि हालेको हाल्यै हुने रे… ।

वीर नेपाली मात्र हैन संसारका अरू पनि कैयौं करोड मान्छेहरूको साँच्चै मान्छे भएर बाँच्ने सपना पूरा भएको छैन । यसैले एकदुई थरीले चन्द्रयानमा पुगेर कवाज खेल्नु अथवा चन्द्रनिगाहपुरमै कोटीहोम लगाएर हाच्छ्यूँ गरून्, मानव मात्रले शतप्रतिशत खुसी भएर रमाइलो मनाउने कुरो हैन भन्ने कुरा त कुमारीचोक पहाड़ फाँटको बहिदारलाई सोधे पनि प्रस्टै थाहा पाइने कुरो हो । काम, माम र घरले नभएर कानुनले कुनागरिक ठहर्‍याई रोग र भोगले फुटपाथमा प्राण छोड्न लागेको मानिसलाई ‘अमेरिकाले जिउँदै स्वर्ग पुग्ने एपोलो एघार र ठेपोलो बाह्र हिजो राति यति बजेर उति मिनेट जाँदा उडायो’ भन्ने समाचार सुनाइयो भने पनि ऊ आफू एउटा मान्छे भएको हैसियतले खुसी मान्ला त …?

०००
चन्द्रलोक / वर्ष १ / अङ्क १ / आश्विन २०२८
‘खुसुक्क भन्नुस् फच्या’ २०५३ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका चार ठट्टा

चङ्खेका चार ठट्टा

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका दुई ठट्टा

चङ्खेका दुई ठट्टा

गोपालराज मैनाली (चङ्खे)
0
Would love your thoughts, please comment.x
()
x