साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल संवत् न्हूँदँ’ विषयक विद्वत्-गोष्ठी आयोजित

शङ्खधर साख्वाको नाममा आगामी वर्षदेखि तीन जनालाई रु एक/एक लाख राशिको पुरस्कार दिने गरी संस्कृति मन्त्रालयले कार्यविधि निर्माण गरेको जानकारी ।

Nepal Telecom ad

काठमाडौँ , २०७९ मङ्सिर २० गते । नेपाल प्रज्ञा-प्रतिष्ठान, संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा ‘नेपाल संवत् न्हूँदँ’ विषयक विद्वत्-गोष्ठी’ आयोजना गरियो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै नेपाल संवत् समुदाय विशेषको नभइ सबै नेपालीको भएको बताउनुभयो । उहाँले भन्नुभयो- “नेपाल संवतको सुरुवात गर्ने शङ्खधर साख्वाको नाममा आगामी वर्षदेखि तीन जनालाई रु एक/एक लाख राशिको पुरस्कार दिने गरी संस्कृति मन्त्रालयले कार्यविधि निर्माण गरेको छ, यी पुरस्कार अब राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा प्रत्येक वर्ष प्रदान गरिनेछ ।” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भेटिएको भनिएको साख्वासँग सम्बन्धित सामग्रीका बारेमा पनि थप अध्ययन गर्न समिति गठन गरिएको उहाँले बताउनुभयो ।

प्रज्ञा-प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले जनताले देशका नाममा प्रवद्र्धधन गरेको नेपाल संवत् राष्ट्रिय गौरवको विषय भएको बताउनुभयो । नेपाल संवत् र नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिले प्रकाशन गर्ने पात्रो (पञ्चाङ्ग) को गणित नमिलेकाले त्यसलाई मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । राजधानी उपत्यकाका तीन सहरको सांस्कृतिक महत्व रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको संरक्षणमा यहीँको समुदाय लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रज्ञा-प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सार्थक भएको बताउनुभयो । उहाँले चार वर्षे कार्यकालमा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट भएका महत्वपूणर् कामहरूका बारेमा समेत प्रकाश पार्नुभएको थियो ।

नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यले मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्को प्रयोग र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले कार्तिक शुक्ल प्रतिपदामा नेपाल संवत् मनाएर वर्षभर चुप लागेर बस्ने परम्परालाई तोड्दै यस विषयमा बहस र विमर्श गर्ने गरी कार्यक्रम आयोजना गरिएकामा खुसी व्यक्त गर्नुभयो । ‘नेपाल संवत् : सैद्धान्तिक आधार तथा व्यावहारिक पक्ष’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उहाँले ऋण तिर्न नसक्ने जनताको ऋण तिरिदिएर साख्वाले नेपाल संवत् चलाएको बताउनुभयो ।
तत्कालीन राजा राघवदेवले पशुपतिनाथलाई समर्पण गरेर नेपाल संवत् चलाएको विषय विभिन्न वंशावलीमा लेखिएको उहाँले बताउनुभयो ।

‘शङ्खधर साख्वा र नेपाल संवत’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृति मरे देश मर्ने र जीवित जनता पनि मृतसरह हुने भएकाले मौलिक संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री तीर्थराम डङ्गोल, पूर्वसांसद तथा राजदूत हिरण्यलाल श्रेष्ठ, दैवज्ञ कीर्तिमदन जोशी, प्रा. तिमिला यमी, प्रेमशान्ति तुलाधर, प्रा.डा. धनेश्वर नेपाललगायतले कार्यपत्रमाथि पूरक विचार राख्दै मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्को अनिवार्य प्रयोग गरिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गायक पवित्र कसाःले ‘राजामति कुमति जिकै वासा पिरती’ गीत सुनाउनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती, निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय उपस्थित हुनुहुन्थ्यो । यसै गरी कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू, आजीवन सदस्यहरूका साथै प्रा.डा. टेकबहादुर श्रेष्ठ, प्रा.डा. सुरेन्द्र केसी, प्रा.डा. गोविन्दमानसिंह कार्की, लामागुरु कर्मा स्याङ्बो, भिक्षु महाअस्थविरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x