साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल भारत साहित्य महोत्सव तथा पुस्तक लोकार्पण

नेपाल भारत साहित्य महोत्सव पुस्तक लोकार्पण, सम्मान अर्पण एवं कविता वाचनका साथ भव्य समारोहका विच नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ मंसिर १८ । नेपाल भारत साहित्य महोत्सव पुस्तक लोकार्पण, सम्मान अर्पण एवं कविता वाचनका साथ भव्य समारोहका विच नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भयो ।

कामिनी श्रीवास्तवको सभापतित्व एवं विश्व काव्य पुरुष तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको उक्त महोत्सवमा डा.घनश्याम परिश्रमी. डा. देवी पन्थी, मणीराज सिंह, जनार्दन अधिकारी धड्कन, सूर्य लाकोजुलाई साहित्य कला विशेष सम्मान गरिएको थियो । सोही अवसरमा भारतकी श्रष्टा कामिनी श्रीवास्तवको मिसेज वाट्सन लघु कथा संग्रहको लोकार्पण गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा नेपाल र भारत देशका ८० जना साहित्यकारहरूद्वारा आ-आफ्ना रचना कविता, गजल, चारु, खोरिया, मुक्तक लगायतका रचना वाचन गरिएको थियो ।

रचना वाचन गर्ने आमन्त्रित अतिथि साहित्यकारहरूमा तुलसी दिवस, डा.घनश्याम परिश्रमी, डा. देवी पन्थी, डा.बम बहादुर थापा, डा.विजय पण्डित, मणिराज सिंह, जनार्दन अधिकारी धड्कन, डा.गार्गी शर्मा, जगदीश्वर पोखरेल, लक्ष्मी प्रसाद मिश्र, सुधा वास्कोटा, उषा आचार्य, शारदा आचार्य, भाग्यशाली अधिकारी, उत्तम भेटवाल, डा.शशी थापा, सीता घिमिरे, गीता अर्याल, सविता केसी, पूजन मिश्र, टेकबहादुर लौडारी, हरिप्रसाद घिमिरे, वीरवहादुर लोहनी, रीता खतिवडा, रस्मी रिमाल, बिनु बाबा घिमिरे, संगिता ठाकुर, उर्मिला पन्त पाण्डेय, माया उपाध्याय, निर्मल पराजुली, सुशीला ढकाल, तोयानाथ सुवेदी, जीबिका अश्रु, डा.उत्तम थापा, ललिता दोषी, निराजन मौद्गल्य, करुणा झा, कल्पना खरेल, शान्ति शर्मा, ममता मृदुललगायत ८० जना स्रष्टाले रचना वाचन गर्नु भएको थियो ।

समारोहमा प्रमुख अतिथि तुलसी दिवसले राजनीतिले जोड्न नसकेको सम्वन्ध साहित्यले जोड्न सक्छ भन्नुहुँदै आफ्नो रचना सुनाउनु भयो । अन्तमा डा.विजय पण्डितको धन्यवाद मन्तव्य र सभापति कामिनी श्रीबास्तवको समापन मन्तव्यका साथ औपचारिक समारोह विसर्जन भएको थियो ।

महोत्सव नेपाल, भारत साहित्य दूतको रुपमा रहनु भएका डा.विजय पण्डित र नेपालमा संयोजक सस्थाको रुपमा चन्द्रागिरि साहित्य प्रतिष्ठान र ज्योति साहित्य प्रतिष्ठान रहेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x