साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यासेक्टोमी अप्रेशन

पुष्पलालको मुटुमा ढ्याङ्ग्राे बज्यो । आफ्नो गाउँमा कसैले बाख्राको पाठो खसी पारेको मात्रै देखेका उनको सातोपुत्लो उड्यो । त्यहाँबाट पालो नपर्खी सुटुक्क घरतिर भागे ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

कुरा ३२ सालतिरको हो । गौरादह जनता मा.वि.मा एक साँझ एउटा डकुमेन्ट्री प्रदर्शन भयो । परिवार नियोजन सम्बन्धी । हामी केटाकेटीहरू बेलुकाको भात हतपत्त खाएर डकुमेन्ट्री हेर्न दुई तीन किलोमिटर टाढाको स्कूलमा भेला भयौं । बरगाछी, सितापुरी, स्कूलचौन, हाँसखोरातिरका थुप्रै महिला र बालबालिका डकुमेन्ट्री हेर्न भेला भए । रोचक कथामा आधारित सो डकुमेन्ट्रीमा ठूलो परिवारका असरहरू देखाइएका थिए । परिवार रुपी गाडी बर्सेनी बोझिलो भए पछि अन्त्यमा गाडी तान्ने मूलीको कसरी निधन भयो सो बारे कथाले व्यक्त्याएको थियो । एक घण्टाको डकुमेन्ट्री सकिएपछि सबै मनोरञ्जन लिंदै घर फिरे । डकुमेन्ट्री किन देखाइयो त्यहाँ भएका कमैले मात्रै बुझे होलान् ।

कुरा रहेछ त्यसको भोलिपल्टदेखि सुरु हुने भ्यासेक्टोमी अप्रेशन शिविरको बारेमा । जो जो भ्यासेक्टोमी अप्रेशन गर्नुहुन्थ्यो वहाँहरूले चैं डकुमेन्ट्री हेर्नुभएको रहेनछ ।

अप्रेशन शिविर बसेको थियो गौरादह आदर्श गाउँपञ्चायत कार्यालय भवनमा । अङ्ग्रेजीको भी आकारको भवनमा पूर्व तर्फको पूर्वोत्तर कोठामा प्रधनपञ्च डि.नरबहादु बस्नेतको कुर्सी थियो । त्यसभन्दा दक्षिणको कोठामा सचिव बस्थे । अप्रेशनको लागि त्यही कोठा छुट्ट्याइएको थियो । कोठा यस्तो थियो एउटा कोठामा पसेर मात्र अर्को कोठामा पसिन्थ्यो अर्थात अप्रेशन कोठामा सिधै पस्न मिल्दैन थ्यो ।

बाहिर पालो पर्खेर मानिस बसेका थिए । ढोकाबाट गोविन्द नाम गरेका पञ्चायतका परिचरले शालिकराम अधिकारी भनेर उच्च स्वरमा कराए । शालिकराम अधिकारी पछि पालो थियो बरगाछीका पुष्पलाल खतिवडाको । उनी आफ्नो पालो आउँने रोलमा पसेकाले ढोका नजिकै बसे । जब शालिकराम भित्र पसे त्यसपछि केही छिनमा ड्वाङ् ड्वाङ् …. आवाज आउँन थाल्यो । पुष्पलालको मुटुमा ढ्याङ्ग्राे बज्यो । आफ्नो गाउँमा कसैले बाख्राको पाठो खसी पारेको मात्रै देखेका उनको सातोपुत्लो उड्यो । त्यहाँबाट पालो नपर्खी सुटुक्क घरतिर भागे ।

कुरा के भएको रहेछ भने गाउँपञ्चायत कार्यालय पूर्व निलम श्रेष्ठको घरमा तख्ती पटाई हुँदै थियो, मार्तोलले काँटी हान्दा ड्वाङ ड्वाङ् आवाज आएको रहेछ । पुष्पलालले चाहिँ त्याे  आवाज साँच्चिकै अप्रेशन कक्षबाट आएको ठानेछन् ।

त्यसपछि पुष्पलालका दुई छोरा एक छोरी जन्मेछन् । छोरा हाल अमेरिकाको टेक्ससमा छन् अरे छोरी चैं कुन्नी कहाँको सर्जन डाक्टर छन् अरे ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x