तिला लेकालीपिर बनेर आयो
राणातन्त्र राजतन्त्र जुनै तन्त्र आओस् गणतन्त्र झनै धेरै जन्जिर बनेर आयो ।

फेरि पनि यो समय पीर बनेर आयो
के गरौं कसो यो मन अस्थिर बनेर आयो
वर्ष होइन महिनाका बलात्कृत र हत्या
आज भन्दा भोलि दिन गम्भीर बनेर आयो
राणातन्त्र राजतन्त्र जुनै तन्त्र आओस्
गणतन्त्र झनै धेरै जन्जिर बनेर आयो
चारैतिर उपलब्धि हरियाली सारा
नाबालिका मार्न सक्ने वीर बनेर आयो
आफू अझै त्रासमा छे छोरीको के हलत
भोलिका दिन लेकालीलाई पिर बनेर आयो ।
बेलबारी, मोरङ ।
Subscribe
Login
0 Comments
Oldest






































