साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्राष्ट्रिय नाचघर

दृश्य अनुसारको परिवेश मिलाउँनुपर्छ नायक नायिकाको लागि नै देशको बजेट बन्नुपर्छ संसद भवनलाई अब अन्तर्राष्ट्रिय नाचघर भन्नुपर्छ ।

Nepal Telecom ad

सुनिंदैछ
अब अभिनेताहरु पनि नेता बन्ने रे
टुँडीखेलमा उभिएर
राजनीति पनि नाटकै हो भन्ने रे
उसो भए जिताउँ एउटा गतिलो कानुन बन्नुपर्छ
संसद भवनलाई अन्तर्राष्ट्रिय नाचघर भन्नुपर्छ ।

गरीबको अभिनय गर्नुपर्छ
मस्तीमा रमाउँनुपर्छ
अङ्गालो र चुम्बाचाटी बेचेर
पैशा कमाउँनुपर्छ
रिसोर्ट र स्टारबारहरुमा
रक्सी र कवाफ घिच्नुपर्छ
साँझसाँझ अर्कैको घर कोठामा
बेडसिन खिच्नुपर्छ
मुस्ताङमा आङ तन्काउँनु पर्छ
पूर्वेली छ्याङ दन्काउँनपर्छ
विदेशी निर्देशनमा स्वदेशी राग अलाप्नुपर्छ
स्वाभिमानको टोकरी बोकेर बिदेशी भाग थाप्नुपर्छ ।

वरपर डुल्नुपर्छ महोत्सवमा भुल्नुपर्छ
स्क्याण्डलको खेतीगरी मिडियामा खुल्नुपर्छ
कहिले फुट्यो भन्नुपर्छ कहिले जुट्यो भन्नुपर्छ
अवसरमा कता नजिक हिसाब गरि गन्नुपर्छ
कहिले पर्दा तान्नुपर्छ कहिले माइक हान्नुपर्छ
ठेलामठेल र जालझेलमा खेल्न पनि जान्नुपर्छ
डाइलग पनि गतिलै छान्नुपर्छ
कथा अनुसारको कपडा सिलाउँनुपर्छ
दृश्य अनुसारको परिवेश मिलाउँनुपर्छ
नायक नायिकाको लागि नै देशको बजेट बन्नुपर्छ
संसद भवनलाई अब
अन्तर्राष्ट्रिय नाचघर भन्नुपर्छ ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x