
फेरिँदै फेरिएन
सपना थ्यो देशले काँचुली त फेर्ला भ्रष्टाचारी छाड्ने अध्यादेश फेरिएन ।

सत्ता जो फेरिए यो देश फेरिएन
दुःख उस्तै नै छन् निमेष फेरिएन
जेका निम्ति भनेर ज्यान फालेथे
भोको पेट र झुत्रो भेष फेरिएन
जति घोटे नि हाड खाडिको घाममा
थोत्रो सपना र सुटकेस फेरिएन
रेमिट्यान्सको भरमा देश चलेकै छ
अफसोस बैशाखीको अडेस फेरिएन
सपना थ्यो देशले काँचुली त फेर्ला
भ्रष्टाचारी छाड्ने अध्यादेश फेरिएन
सोच शैली उही के बन्ला र देश
सामन्तवादको यो अवशेष फेरिएन ।
काठमाडौं