साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोठेवारी, ढुङ्गा र माटोको लोकार्पण

Nepal Telecom ad

झापा । बुद्धशान्ति गाउँपालिका वार्ड नं ३ बुधवारे स्थित रामजानकी मन्दिरको सभा हल। साहित्यिक व्यक्तित्वहरुको उत्साहनक उपस्थिति । हलको दक्षिण तर्फको भित्तामा रंगीन फ्लाक्स व्यानर टाँगिएको छ। त्यसका लेखिएको छ “स्रष्टा गणेश निरौलाको कोठेवारी, ढुङ्गा र माटो (कविता सङ्ग्रह) लोकार्पण तथा रचना वाचन समारोह, २०७८ पुस १५ । आयोजक घर दलान साहित्य, बुद्धशान्ति। व्यानरको एकपट्टी छेउमा कविता सङ्ग्रहको तस्विर र अर्कापट्टी छेउमा कृतिकार गणेश निरौलाको सुन्दर तस्विर। कार्यक्रम स्थलको समग्र दृश्य हो यो ।

यस संस्थाका जेष्ठ सदस्यलाई सभाध्यक्षको जिम्मेवारी सुम्पने घर दलान साहित्यको परम्परा । जस अनुसार भीम निरौला कार्यक्रमको सभाध्यक्ष, प्राज्ञ सभा सदस्य तथा कवि विवश पोखरेल प्रमुख अतिथि,  प्राज्ञ पवन राजवंशी, प्रा डा गंगाप्रसाद अधिकारी, कवि केशव आचार्य,  सह प्राध्यापकद्वय चूडामणि वाशिष्ठ, तारा विविध, गायक तथा संगीतकार कोमल निरौला  र आख्यानकार पुण्यप्रसाद खरेल, अग्रज सञ्चारकर्मी तथा सर्जक चन्द्र भण्डारीको विशिष्ट आतिथ्य, झापा, इलाम, मोरङ दार्जीलिङका स्रष्टा सर्जकहरुको वाक्लो उपस्थिति ।

टङ्क काफ्ले विकल्पको कुसल र आकर्षक सञ्चालन । कृतिकारकी जीवनसंगिनी दिव्य निरौलाबाट स्वागत मन्तव्य । प्रमुख अतिथिबाट कृति विमोचन । प्राध्यापक गंगाप्रसाद अधिकारीद्वारा कृतिको समीक्षा । कार्यक्रम सुरु हुनुपूर्व सामुहिक राष्ट्रगान । कृतिकार गणेश निरौलाकी जीवन सँगिनी तथा स्रष्टा दिव्य निरौलाबाट स्वागत मन्तव्य। प्रमुख अतिथिबाट मुक्तक वाचन । कृतिकारबाट संक्षिप्त मन्तव्यसहित कविता वाचन ।

त्यसपछि भने काव्यमय बन्यो सभाहल । एकपछि अर्को गर्दै कविता, गजल, मुक्तकको ओईरो लाग्यो। यसरी सिर्जना प्रस्तुत गर्नेहरुमा लिला भट्टराई, रिजन मायालु, बाल प्रतिभा सफलता फूयल, देवीचरण भण्डारी, खिल प्रसाद शिवाकोटी, जय आचार्य, टीका भट्टराई नेपाल,  बलभद्र थापा, लक्ष्मीअच्युत ढुङ्गाना, विनोद खनाल, लक्ष्मी रिजाल, लता खरेल, समिन सिटौला,योगेस नेपाल अनन्त, पुरुषोत्तम ढुङ्गेल, पुष्प काफ्ले, प्रचुर अभाव,  कृष्ण रिजाल, जय भण्डारी, स्नेह पौडेल, मीरा निरौला, हेमन्ता भण्डारी र प्रकाश न्यौपाने रहेका थिए।

कार्यक्रम सञ्चालक टङ्क विकल्पको विचविचमा साहित्यिक अचार सहितको उद्घोषणले कार्यक्रममा रोचकता थपेको थियो । प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथिहरु कोमल निरौला, केशव आचार्य, पवन राजवंशी, पुण्यप्रसाद खरेल र चन्द्र भण्डारीले मन्तव्य तथा रचना वाचन गरेका थिए । कार्यक्रमको मध्यभागमा हाम्रो परम्परा अनुसार पुस १५ मा खिचडी खाने चलनलाई ध्यानमा राखेर तयार गरिएको खिचडी खाजाको रुपमा खाने काम पनि गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र कृति समीक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका सभाध्यक्ष भीम निरौलाले धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

देवीचरण भण्डारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x