सुलसुलेसाहित्यकार डा.भट्टराईलाई मनिराज वाङ्मय पुरस्कार
साहित्यकार मनिराज जोशीको नाममा स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज बाङ्मय पुरस्कार २०७७’ वरिष्ठ साहित्यकार तथा समालोचक डा. भट्टराईलाई प्रदान गरिने भएको हो ।

वरिष्ठ साहित्यकार तथा समालोचक डा.तुलसी भट्टराईलाई एकलाख राशीको पुरस्कार प्रदान गरिने भएको छ । वरिष्ठ साहित्यकार मनिराज जोशीको नाममा स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज बाङ्मय पुरस्कार २०७७’ वरिष्ठ साहित्यकार तथा समालोचक डा. भट्टराईलाई प्रदान गरिने भएको हो ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले प्रदान गर्ने उक्त पुरस्कार कोभिड संक्रमण न्यून भएसंगै प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी ‘प्रभात’ले बताए ।
२०७३ सालमा स्थापना भएको सो पुरस्कारबाट यसअघि राष्ट्रकवि माधव घिमिरे, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विराटनगरका साहित्यकार दधिराज सुवेदी पुरस्कृत भइसकेका छन् ।
प्रजातान्त्रिक आन्दोलनमा बीपी र कृष्णप्रसाद भट्टराईसंगै रहेर लामो समय काम गरेका डा. भट्टराईका डेढ दर्जन कृति प्रकाशित भएका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































