साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो मार्क्सवाद र हामी हरिलट्ठकहरू

हाम्रो मार्क्सवाद अहिले दूधमा पानी मिसाउँछ चामलको सट्टा भूस हाल्छ र खीर पकाएर हामीलाई खुवाउँछ ।

Nepal Telecom ad

हाम्रो मार्क्सवाद अहिले
बिहान मन्दिर धाउँछ
दिउँसो भ्रष्टाचारमा डुब्छ
र बेलुका भट्टीमा रमाउँछ ।

हाम्रो मार्क्सवाद अहिले
कहिले कोठीतिर पस्छ
कहिले बाउन्न पत्ती फिट्छ
र कहिले जग्गाको दलाली गर्छ ।

हाम्रो मार्क्सवाद अहिले
टिकटको बार्गेनिङ गर्छ
साथीलाई खुइल्याउँछ
र आफ्नै घरमा आगो लगाउँछ ।

हाम्रो मार्क्सवाद अहिले
भेलाको आयोजना गर्छ
चुनावको नाटक देखाउँछ
र खल्तीबाट नाम पढेर सुनाउँछ ।

हाम्रो मार्क्सवाद अहिले
किताब बेचेर कोट किन्छ
साहित्यलाई गाली गर्छ
र फूललाई कुल्चिन्छ ।

हाम्रो मार्क्सवाद अहिले
दूधमा पानी मिसाउँछ
चामलको सट्टा भूस हाल्छ
र खीर पकाएर हामीलाई खुवाउँछ ।

हामी हरिलट्ठकहरू पनि अहिले
“आहा कति मीठो खीर !
आहा कति मीठो खीर !!“ भनेर
कपाकप खाइरहेका छौँ ।

२०७८ फागुन ८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x