सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कवि रीता अधिकारीको कविता कृति विमोचन

पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा कवि रीता अधिकारी ‘ऋतु’ को कविता सङ्ग्र्रह ‘सेल्फ पोट्रेट’ एक समारोहको बीच सम्पन्न भएको छ ।

Nepal Telecom ad

पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा कवि रीता अधिकारी ‘ऋतु’ को कविता सङ्ग्र्रह ‘सेल्फ पोट्रेट’ एक समारोहको बीच सम्पन्न भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।

कवि जीवन सागरले स्रष्टा परिचय दिनुभएको कार्यक्रममा पुस्तकको समीक्षा कवि सरस्वती प्रतिक्षाले दिनु भएको थियो । कार्यक्रममा कविलाई कवि तथा गायिका हरिदेवी कोइराला, साहित्यकार रमेश श्रेष्ठ र दीपक समीपले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कवि सरस्वती श्रेष्ठ सरु र कवि सञ्जीव पौडेलले पुस्तकबाट एक एक थान कविता वाचन गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष मोति भुजेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सहसचिव शिव त्रिपाठीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष उपेन्द्र पौडेलले गर्नु भएको थियो ।

– दीपक समीप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad