साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहनुभएन हास्यव्यङ्ग्यकार चूडामणि खनाल

फित्कौली डटकम उहाँप्रति भावपूर्ण शब्दश्रद्धा व्यक्त गर्दछ साथै उहाँका शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना जाहेर गर्दछ ।

Nepal Telecom ad

पोखरा, २०७९ बैशाख ३१ । चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा कलम चलाउँदै आउनु भएका व्यङ्ग्यशिल्पी चूडामणि खनाल दिवङ्गत हुनुभएको छ ।

नेपाली हास्यव्यङ्ग्यका प्रखर लेखक एवम् पृथ्वीनारायण क्याम्पसका निवृत्त प्राध्यापक चुडामणि खनालको ७१ वर्षको उमेरमा पोखरास्थित उहाँकै निवासमा निधन भएको छ ।

प्रा.चूडामणि खनाल गत कार्तिक १८ गतेदेखि सिकिस्त बिरामी भई ओच्छ्यान पर्नु भएको थियो । उहाँलाई ब्लडप्रेसरले हानेर सेरिब्रो भासकुलर एक्सिडेन्ट् (CVA) एक किसिमको प्यारालाइसिस समस्याबाट ग्रस्त हुनुहुन्थ्यो । पश्चिमाञ्चल अस्पतालमा प्राथमिक उपचारपछि पनि पूर्ण अचेतावस्थामा आफ्नै निवासमा हुनुहन्थ्यो ।

खनालका ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’, ‘प्रमुख अतिथि’, ‘पोखराज’ जस्ता दर्जन कृतिहरूका साथै सयौँको सङ्ख्यामा फुटकर हास्यव्यङ्ग्य निबन्ध रचना प्रकाशित छन् ।

अनेसास केन्द्रीय कार्यसमितिका महासचिव सर्वज्ञ वाग्लेले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्नु भएको छ । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

खनालको निकट रहनुभएका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईले खनालको देहावसानबाट नेपाली हास्यव्यङ्ग्य लेखनमा अपूरणीय क्षति पुगेको बताउनु भयो ।

फित्कौलीको मासिक प्रकाशनदेखि फित्कौली डटकमसमेतमा खनालका डेडदर्जनभन्दा बढी हास्यव्यङ्ग्य निबन्धहरू प्रकाशित भएका छन् । नेपाली हास्यव्यङ्ग्यमा खनालको विशिष्ट योगदानको स्मरण गर्दै फित्कौली डटकम उहाँप्रति भावपूर्ण शब्दश्रद्धा व्यक्त गर्दछ साथै उहाँका शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना जाहेर गर्दछ ।

तस्बिर : शेषराज भट्टराई, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x