सुलसुलेलोपोन्मुख मौलिक लोकनृत्य प्रदर्शन
सुनीता तामाङले सञ्चालन गरेको, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख नमुना शर्माले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख आतिथ्य हुनुहुन्थ्यो संविधान सभासदस्य माननीय दीपक कार्की ।

झापा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको ‘लोपोन्मुख मौलिक लोकनृत्य प्रदर्शन’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ‘इन्द्रेणी बेङ्क्वेट’ विर्तामोड, पुरानो भद्रपुर रोडमा । यो कार्यक्रमको संयोजन गरेको थियो नवगठित एभरेस्ट कल्चर आर्ट, विर्तामोडले ।
सुनीता तामाङले सञ्चालन गरेको, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख नमुना शर्माले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख आतिथ्य हुनुहुन्थ्यो संविधान सभासदस्य माननीय दीपक कार्की । विशिष्ट आतिथ्य रहेको थियो प्राज्ञपरिषद सदस्य श्याम तमोट, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, गौरादह कृषि क्याम्पसका प्रमुख कृष्णहरि देवकोटा, साहित्यकार पुण्यप्रसाद खरेल, देवीचरण भण्डारी, साहित्य चौतारीका अध्यक्ष हस्त परियार, संरक्षक देवीभक्त श्रेष्ठ, कृष्ण पौडेल आदिको । कार्यक्रममा स्वागत मन्तव्य एभरेस्ट कल्चर आर्टका सदस्य चन्द्रप्रसाद भट्टराईले गर्नुभएको थियो ।
प्रमुख अतिथि, अध्यक्ष तथा प्राज्ञहरूबाट नगरा, ढोलक आदि वाद्यवादन बजाएर कार्यक्रमको उद्घाटन भएपछि अध्यक्षज्यूले आजको कार्यक्रमका बारे संक्षिप्त जानकारी गराएर कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा ५ वटा लोपोन्मुख जातिका लोकनृत्य प्रस्तुत गर्दा ती सम्बन्धित जातिका बारे छोटकरी जानकारी गराएर प्रस्तुत गरिएको थियो । विश्वजीत मुण्डाले मुण्डा जातिका बारे गराउनुभएको थियो भने भीम किसानले किसान जातिबारे । किसान जातिबाट प्रस्तुत गरिएका दुई नृत्य दर्शकले सारै मनपराएका थिए । किसान गायकको गायन त झन् राम्रो भनेर चर्चा भएको थियो । विनिता उरावले उराव जातिको बारेमा चिनारी गराउनुभएको थियो भने सन्तोष करुवाले करुवा जातिका बारेमा । यस्तै प्रकाश विर्जाले विर्जा जातिका बारेमा चिनारी गराउनुभयो । उहाँहरूले आफूले प्रस्तुत गर्ने नृत्य कुन प्रसङ्गमा कुन अवसरमा नाचिने हो, त्यो पनि जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पूर्वाञ्चल क्षेत्रमा नृत्यकलामा प्रशिक्षण दिने नृत्य क्षेत्रमा विशेष योगदान गर्ने धरान निवासी नृत्य निर्देशक मणि राईलाई दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । झापाका विभिन्न नगरमा नृत्य प्रशिक्षण दिने नृत्य निर्देशकहरूलाई पनि मञ्चमा बोलाएर अविर तथा खादामालाले सम्मान गरिएको थियो ।
देशका कुना कुनाका पछाडि परेका जातजातिको संस्कृतिलाई प्रकाशमा ल्याउने र ती जातिको भावनाको संस्कृतिको कदर गर्दै उनीहरूको आत्मबलको सम्बद्र्धन गर्ने कार्य राम्रो हो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यो कार्य गरेकोमा प्रतिष्ठानलाई धेरैधेरै धन्यवाद दिइएको थियो ।
-पुण्य खरेल, झापा
Subscribe
Login
0 Comments
Oldest












































