सुलसुलेबुढ्यौली साहित्य विशेष काव्य श्रृङ्खला
विशिष्टअतिथि डा.बमबहादुर थापाले आजका कवितामा जगत र आफ्ना जीवन भोगाईका कविताहरू धेरै शक्तिशाली रुपमा देखा परे भन्नु भयो ।

चन्द्रागिरी साहित्य प्रतिष्ठानको १०९ औं बुढ्यौली साहित्य विशेष काव्य श्रृङ्खला प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा.बमवहादुर थापा जीताली, कलानिधि दाहाल, गंगा लिगल, मणिराज सिंह, पुरुषोत्तम सिग्देल, दुर्गा भमरकोटेको विशिष्ट आतिथ्यता अनि दुर्गा अधिकारी रिमालको कुशल उदघोषणमा भएको गोष्ठीमा अतिथि साहित्यकारहरू गुप्तबहादुर श्रेष्ठ, लक्ष्मीप्रसाद मिश्र, खगेन्द्र बस्याल, उर्मिला पन्त, सीता पाण्डे अधिकारी, द्वारिका कुईंकेल, गंगा अभिलाषी, चन्द्रावती अधिकारी, वीरबहादुर लोहनी, सरस्वती श्रेष्ठ, उत्तम भेटवाल, बिनु बाबा घिमिरे, सुरेशचन्द्र घिमिरे, टेकबहादुर लौडारी, उमा ओडारी, सुधा मिश्र, जानुका थापा लगायत २८ जना सर्जकहरूले आ-आफ्ना बुढ्यौली विशेष कविता, खोरिया, सुसेली वाचन गरे ।
विशिष्टअतिथि डा.बमबहादुर थापाले आजका कवितामा जगत र आफ्ना जीवन भोगाईका कविताहरू धेरै शक्तिशाली रुपमा देखा परे भन्नु भयो ।
अर्का बिशिष्ट अतिथि पुरुषोत्तम सिग्देलले विभिन्न विधाबाट वाङमयको सेवा नै गर्ने हो । खोरिया, सुसेलीले पनि वाङ्मयको सेवा गरेको छ हामी सबै लागिपराैँ भन्दै आफ्नो रचना सुनाउनु भयो ।
विशिष्टअतिथि कलानिधि दाहाल, गंगा लिगल, मणिराज सिंहले चन्द्रागिरिको उत्तरोत्तर प्रगतिको कामना गर्दै आआफ्ना रचना बाचन गर्नु भएको थियो ।
अन्त्यमा जनार्दन अधिकारी धड्कनले चन्द्रागिरिले विधागत, विषयगत, गरिएको काव्य गोष्ठीले स्रष्टाहरूलाई सबै क्षेत्रमा कलम चलाउन सक्ने हुनुहोस् भन्दै आज बुढ्यौली विशेष १०९ श्रृङ्खलासम्म निरन्तर यहाँहरूको अमूल्य समयको योगदान भएकोले उत्साहजनक रुपमा अगाडि बढेर स्वागत गर्न पाएको हो भन्दै बुढ्यौली खोरिया र कविता प्रस्तुत गरी अतिथि र सहभागी सम्पूणर् स्रष्टामा हार्दिक कृतज्ञता अर्पण गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































