साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवनका ठोकानहरू

जीवन, बाँच्न जान्नेका लागि अनुष्ठान हो, अनुष्ठानमा खान पाइने मीठो मिष्ठान्न हो, तर जहिले पनि मचाइ राख्छ घमासान, उसका लागि त जीवन युद्धको मैदान हो ।

Nepal Telecom ad

जीवन कहिले पुतलीका भाँचिएका पखेटा जस्तो,
जीवन कहिले समृद्धि भएर पनि खाते केटा जस्तो,
सपनाहरू भरिएर पनि छरिएकोछु आफ्नै वरिपरि,
जीवन कहिले भूलवश थिचिएर उडेको डेटा जस्तो ।१।

जीवन त्यस्तै हुन जान्छ, हुन्छ जस्तो विचार,
विचार अनुरूप नै जीवन, हुन जान्छ विस्तार,
नकारात्मक भावले मेटिदिन्छ जीवन आनन्द,
जीवनले समात्छ धार, जस्तो मनको विकार ।२।

मिथ्याभिमान होइन जीवनमा, स्वाभिमान जरुरी छ,
स्वाभिमानबाट समृद्धि ल्याउन, अनुसन्धान जरुरी छ,
झूठो अहंकारलाई टेवा दिँदा जीवन हुनजान्छ भार,
स्वाभिमान अभिमान बीच फरकको ज्ञान जरुरी छ ।३।

जीवन, बाँच्न जान्नेका लागि अनुष्ठान हो,
अनुष्ठानमा खान पाइने मीठो मिष्ठान्न हो,
तर जहिले पनि मचाइ राख्छ घमासान,
उसका लागि त जीवन युद्धको मैदान हो ।४।

वरिाटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x