सुलसुलेनरेन्द्र चापागाई स्मृति साहित्य पुरस्कार ढकाल र सुवेदीलाई
डा नरेन्द्र चापागाई स्मृति साहित्य पुरस्कार २०७८ बाट कवि तथा समालोचक डा विप्लव ढकाल र डा नरेन्द्र चापागाई स्मृति युवा प्रतिभा पुरस्कार २०७८ बाट कवि रेखा सुवेदी सम्मानित भएका छन् ।

२०७९ असार । मोरङ । डा नरेन्द्र चापागाई स्मृति साहित्य पुरस्कार २०७८ बाट कवि तथा समालोचक डा विप्लव ढकाल र डा नरेन्द्र चापागाई स्मृति युवा प्रतिभा पुरस्कार २०७८ बाट कवि रेखा सुवेदी सम्मानित भएका छन् ।
शनिबार बेलबारीस्थित नगरपालिकाको सभाहलमा आयोजना भएको पुरस्कार समर्पण तथा कवि गोष्ठी कार्यक्रमको बीचमा उक्त पुरस्कार वितरण भएको हो । कवि तथा समालोचक डा विप्लव ढकाल नगद रु २१ हजार र कवि रेखा सुवेदी नगद रु ११ हजार १ सय ११ सहित सम्मानित भएका हुन् ।
कार्यक्रममा प्राडा टंकप्रसाद न्यौपाने, प्रा.डा.बद्रीविशाल पोखरेल, प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विश पोखरेल लगायत साहित्यकारहरूको सहभागीता रहेको थियो । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, उक्त पुरस्कारकी संरक्षक सरला चापागाई लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
डा नरेन्द्र चापागाँई स्मृति प्रतिष्ठान विराटनगरको आयोजनामा उक्त कार्यक्रम भएको हो । निर्जन बन्दरगाह, कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी र च्याउको जंगल डा विप्लव ढकालका बहुचर्चित कविता संग्रह मानिन्छन् ।
-विवेक मिश्र
Subscribe
Login
0 Comments
Oldest












































