साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चको भानु केन्द्रित गोष्ठी

जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीको प्रमुख आतिथ्यमा रचना वाचन भव्य रूपमा सम्पन्न भयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो ।

Nepal Telecom ad

कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०७९ आषाढ ३० गते बिहीवार ५.०० बजे एकाइसौं प्रविधिमैत्री २०९ औं भानु जयन्ती विशेष कविगोष्ठी सम्पन्न भएको छ ।

जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीको प्रमुख आतिथ्यमा रचना वाचन भव्य रूपमा सम्पन्न भयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । मजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको एक मात्र साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा ठूलो योगदान पुर्‍याउँदै आइरहेको छ । भानु विशेष कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, खोरिया, गीत, साइनो तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । अधिकांश रचनाहरू आदिकवि भानुभक्त आचार्यको योगदान र व्यक्तित्वमा केन्द्रित रहेका थिए । रचना राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूणर् थिए ।

यस अवसरमा रचना वाचन गर्ने स्रष्टा क्रमश डा बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, प्रा.डा.मोहन तिम्सिना, भाग्यशाली अधिकारी, मुकुन्द शर्मा चालिसे, कलानिधि दाहाल, गङ्गा लिगल, प्राज्ञ नरनाथ लुइटेल, खोलाघरे साइलो, मणिराज सिं, जनार्दन अधिकारी धड्कन, दुष्यन्त भटराई हुनुहुन्थ्यो ।

त्यसैगरी कृष्णराज ओलिया, नारायणप्रसाद पोखरेल, दिव्यलक्ष्मी पोखरेल, जित कार्की, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, हरिप्रसाद चौलागाई, रामकृष्ण अधिकारी, वसन्त अधिकारी, ललिता खरेल दोषी, सुधा बास्कोटा ढकाल, दुर्गा अधिकारी, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, उर्मिला पन्त, कालीचरण बस्नेत, मुकुन्द पौडेल, बिनुबाबा घिमिरे, गोम विक्रम, सोम लुइटेल र चन्द्रावती अधिकारीले आआफ्ना रचना वाचन गर्नु भएको थियो ।

प्रमुख आमन्त्रित जितालीले भानुले भाषाको एकीकरण गरे । उनको ठुलो योगदान छ, कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलाएको छ भन्नु भयो ।

समीक्षक वरिष्ठ कवि खोलाघरे साइलोले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले भानु जयन्ती विशेष कर्मदाको कविगोष्ठी सभ्य भव्य शैलीमा सफल बनाउनु हुने सम्पूणर् स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कार्यक्रम पनि अध्यक्ष पोखरेलले सञ्चालन गर्नु गर्नु भएको थियो ।

-जगदीश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x