साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य कला संगमको नयाँ नेतृत्वमा कवि न्यौपाने

साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि क्रियाशील संस्था साहित्य कला संगम दमकको नयाँ नेतृत्व चयन भएको छ ।

Nepal Telecom ad

दमक, ६ साउन । साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि क्रियाशील संस्था साहित्य कला संगम दमकको नयाँ नेतृत्व चयन भएको छ । संगमको आज सम्पन्न १९ औं साधारण सभाले विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

१३ सदस्यीय निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिन्दु दाहाल (मुकदर्शक), उपाध्यक्षद्धयमा यादवप्रसाद अधिकारी, दुर्गा खनाल (काफले ), महासचिवमा दिपक सुवेदी, सचिवमा बलिभद्र कोइराला, सहसचिवमा हरि पराजुली र कोषाध्यक्षमा ओमप्रसाद खनाल चुनिएका छन् । यसैगरि सदस्यहरुमा डा. लेखनाथ न्यौपाने, गंगादेवी चापागाई, विरेन्द्र खड्का, गोपाल दाहाल, ओमप्रकाश गौतम लगायत चुनिएका छन् ।

संस्थाका अध्यक्ष नरपति पाण्डेको अध्यक्षता तथा दमक प्रज्ञा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष जीवन गुरुङको प्रमुख आतिथ्यतामा भएको साधारण सभाको उदघाटनमा संस्थाका महासचिव विन्दु दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साभारणसभामा संस्थाका सल्लाहकारहरू कुलप्रसाद ढकाल, प्रा.डा. गोपाल भण्डारी, कमलप्रसाद वस्ती, प्रतिभा निकेतनका अध्यक्ष मेघराज तिम्सिना, जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भुमिप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x