साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘हाँस्ने घर’ को प्रस्ताव मेयर चिरीबाबुलाई

वरिष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको परिकल्पनामा तयार ‘हाँस्ने घर’को प्रस्ताव अहिले ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन समक्ष पुगेको छ ।

Nepal Telecom ad

ललितपुर, साउन २५, २०७९ । वरिष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको परिकल्पनामा तयार ‘हाँस्ने घर’को प्रस्ताव अहिले ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन समक्ष पुगेको छ ।

‘हाँस्ने घर’को निर्माण ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आफ्नो दोश्रो कार्यकालमा निर्माण गर्ने कुरा सार्वजनिक रुपमै घोषणा गरिसक्नु भएको थियो । यो घर समस्त हास्यव्यङ्ग्य साहित्यकार तथा कलाकारहरूका लागि विशेष घर हुने भएको छ ।

हालै एक सार्वजनिक कार्यक्रममा मेयर महर्जनसँग हाँस्ने घरका प्रतिनिधिहरू लेखक तथा प्राध्यापक रामकुमार पाँडे, हास्यकलाकार किरण केसी, कार्टुनिष्ट असोक मान सिंह, सञ्चारकर्मी शिरोमणि दवाडी तथा हास्य अभिनेता घनश्याम गौतमको टिमले हाँस्ने घरको परियोजनाको विषयमा थप ध्यानाकर्षण गराएका छन् ।

ललितपुरमा निर्माण हुने भनिएको हाँस्ने घर नेपालकै एउटा गर्व गर्ने परियोजना हुने कुरा संस्थाका महासचिव शिरोमणि दवाडीले बताउनु भयो ।

यस अभियानले समस्त हास्यव्यङ्ग्य क्षेत्रमा लागेका कवि, कलाकार, चित्रकार र हास्यव्यङ्ग्यसँग सम्बन्धित सबैलाई समेट्ने गरि एउटा पृथक घर (संस्थाको) परिकल्पना गरेको छ, जहाँ भित्र पस्ने बित्तिकै सबै आगन्तुकहरू हाँस्ने छन्, मनोरञ्जन लिने छन्, जसले आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको पनि राम्रो सम्भावना बोकेको कुरा यस परियोजनाका योजनाकार रामकुमार पाँडेले जानकारी दिनुभयो ।

हास्य घर अभिानसँग सम्बद्ध कलाकार घनश्याम गौतम भन्नु हुन्छ- ‘सबै जुटेर यस कार्यलाई सफल पारौं । संसारमै कहीँ नभएको पृथक पहिचान बोकेको हाँस्ने घर निर्माण गरौं भन्ने मुल नाराका साथ सबै हास्य कलाकारहरूलाई समेटेर अघि बढ्नु पर्छ ।’

छिट्टै हाँस्ने घर निर्माण गरि नेपालको कला, संस्कृति जगेर्ना गर्ने हास्यव्यङ्ग्यको संग्रहालय समेत अटाउने गरि यसको निर्माण गरिने कुरा ललितपुरका मेयर चिरीबाबु महर्जनले बताउनु भएको छ ।

०००

तस्विर : कलाकर्मी डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x