साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृति लोकार्पण, वाचन तथा शुभकामना आदानप्रदान

वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीको नवीनतम कृति ‘गन्जागोल’ को लोकार्पण एवम काव्य वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम- २०७९ सम्पन्न भएको छ ।

Nepal Telecom ad

स्याङ्जा, असोज १४ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा आज वालिङ, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको कक्षमा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीको नवीनतम कृति ‘गन्जागोल’ को लोकार्पण एवम काव्य वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम- २०७९ सम्पन्न भएको छ ।

पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाका संस्थापक युवाकवि वसन्त खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा अग्रज साहित्यकार गुप्तबहादुर श्रेष्ठ रहनु भएको थियोे भने विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा अग्रज साहित्यकारद्वय डा.अच्युतशरण अर्याल र श्री लेखनाथ काफ्ले रहनुभएको थियोे ।

पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाका संस्थापक अभियन्ता युवाकवि युवराज सुवेदीद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रममा वनवासीका नाति श्री देवेन्द्र रेग्मी, श्री उपेन्द्रराज रेग्मी र नातिनी श्री वेणुप्रिया रेग्मीद्वारा संयुक्त रूपमा ‘गन्जागोल’ कृतिको लोकार्पण गरिएको थियोे ।
लोकार्पित कृति ‘गन्जागोल’ को बारेमा अभियानका संस्थापक अभियन्ता युवाकवि शम्भु अर्यालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा अग्रज कवि व्यक्तित्वहरू नारायणप्रसाद रेग्मी, कमलप्रसाद बगाले, प्रेमप्रसाद सुवेदी, बोधराज न्यौपाने, दमकुमारी बगाले, श्री पारिश्वर न्यौपाने, सीताराम अधिकारी, सागर काफ्ले, चन्द्र थापा ‘साइलेन्स मुन’, इश्वरी बगाले, श्यामप्रसाद ढुंगाना, अव्यग्र अस्मित, अजित काफ्ले आदिले आफ्ना उत्कृष्ट काव्य रचनाहरू प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा किशोर रेग्मी, सुदर्शन रेग्मी, सुमित्रा रेग्मी, विष्णु रेग्मी, मथुरा रेग्मी, उपेन्द्र रेग्मी, देवेन्द्र रेग्मी, युवा आख्यानकार परिवर्तन तिवारी, शान्ता रेग्मी लगायतका महानुभावहरू समुपस्थित रहनुभएको थियोे ।

कार्यक्रमको संचालन अभियानका संस्थापक युवाकवि मिलन समीरद्वारा गरिएको थियोे ।

०००
– मिलन समीर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x