साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको शोकसभा

चालिस बढी साहित्यिक संस्थाद्वारा आज राजधानीमा वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको शोकसभा आयोजना गरिएको  छ ।

Nepal Telecom ad

चालिस बढी साहित्यिक संस्थाद्वारा आज राजधानीमा वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको शोकसभा आयोजना गरिएको  छ ।

“के खायो के लायो होला, वनको जुरेली चरोले” भन्ने सत्यमोहन जोशीले सङ्कलन गर्नु भएको लोकगीतबाट शुरु भएको उक्त सभाका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङ हुनुहुन्थ्यो भने विशेष अतिथि कवि भीम उदास हुनुहुन्थ्यो ।

नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वाङ्गमय शताब्दी पुरुष जोशीसँगका विभिन्न संस्मरणहरू सुनाउनु भयो । केही हफ्ताअघि मात्र बङ्गलादेशबाट आएका बङ्गाली साहित्यकारहरू, अमेरिकाबाट आएका नेपाली साहित्यकारहरूसँग भेट्दा जोशीले गरेका राम्रो व्यवहारबारे प्रशंसा गर्नुभयो ।

यसका साथै बालवाङ्गमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठकले पनि आ-आफ्ना संस्मरण सुनाएका थिए ।

विशिष्ट अतिथि भीम उदासले एनआरएनएको कार्यक्रममा श्री जोशीसँगका प्रसङ्गहरू सुनाउनु भयो । त्यसरी नै प्रमुख अतिथि डा. जगमान गुरुङ्गले स्व. जोशी नेवार समुदायको मात्र नभएर सम्पूणर् नेपालका हुन् भनेर जोड दिनु भयो ।

कार्यक्रमको शुरुमा एक मिनेटको मौन धारण गरी आरम्भ गरिएको थियो शोकसभाको सभापतित्व साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन ‘शब्दपथ’का किशोर पहाडीले गरेका थिए ।

कार्यक्रममा जोशीको स्मृतिग्रन्थ प्रकाशनलगायतका कार्यहरू गरिने प्रस्ताव पनि गरिएको थियो । यस कार्यक्रमका आयोजक सस्थाहरूमा क्रमशः साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, नेपाल स्रष्टा समाज, दायित्व वाङमय प्रतिष्ठान, वासुशशी स्मृति परिषद, लघुकथा समाज नेपाल, गुन्जन, भूगोल साहित्य समाज, ललितपुर कला सस्कृति प्रतिष्ठान, नेपाल भारत-साहित्य प्रतिष्ठान (नेपाली साहित्य सस्कृति समाज), नेपाल मुक्तक प्रतिष्ठान, शब्दपथ, नारी साहित्य प्रतिष्ठान, शिवपुरी साहित्य समाज, उपन्यास समाज नेपाल, नियात्रा समाज नेपाल, चेतन कार्की प्रतिष्ठान, सर्वदा वाङ्मय प्रतिष्ठान, सञ्चार मंच, नेपाली कला साहित्य डटकम प्रतिष्ठान, अनेसास नेपाल च्याप्टर, उर्वरा फाउन्डेसन, सखी प्रतिष्ठान, जनमत मासिक, नारी स्रष्टा समाज, नेपाली साहित्य मन्दिर, नारीस्वर, महिला गीतकार संघ नेपाल, डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान, मदन दिपबिम स्मृति परिषद, घुम्ती मुक्तक नेपाल, एपेक नेपाल, संसाक मासिक, नेपाल साहित्यिक पत्रकार संघ, सिद्दिश्वरमान अक्षयलोक साहित्यिक केन्द्र, लेखक संसार नेपाल, जरा फाउन्डेसन, अमेरिका नेपाली साहित्य प्रतिष्ठान, लीलाध्वज साहित्य प्रतिष्ठान, बुद्ध फाउन्डेसन, सिर्जना उत्सव (अमेरिका), अमेरिका नेपाली साहित्य प्रतिष्ठान, यशस्वी प्रज्ञा प्रतिष्ठान र नेपाल बालवाङमय अनुसन्धान केन्द्रलगायतका सस्थाहरू रहेका छन् ।

आजै अध्यक्ष राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, विक्रमभक्त जोशी, राजबाबु श्रेष्ठ ‘सागर’ र सिर्जना दुवालले जोशीको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x