साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि टीका सिवाकोटीको ‘भुईंमान्छे’ लोकार्पित

इनरुवाकी कवि टीका सिवाकोटी आचार्यले लेख्नुभएको ५० वटा कविताहरू रहेको सङ्ग्रह भुर्ईंमान्छेको लोकार्पण एक भव्य समारोहबीच इनरुवाको सखुवागाछीमा गरियो ।

Nepal Telecom ad

कार्तिक ५ गते, २०७९ । “भुईंमान्छे“ लोकार्पण गरिएको छ । इनरुवाकी कवि टीका सिवाकोटी आचार्यले लेख्नुभएको ५० वटा कविताहरू रहेको सङ्ग्रह भुर्ईंमान्छेको लोकार्पण एक भव्य समारोहबीच इनरुवाको सखुवागाछीमा गरियो ।

साहित्यिक संस्था सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मुख्यमंत्री भीमप्रसाद आचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो । इनरुवा नगरपालिकाकी उपमेयर बिनिता साह, मुक्तक प्रतिष्ठान प्रदेश नं.१ का अध्यक्ष बाबुराम पोखरेल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, प्रगतिशील लेखक संघका प्रदेश उपाध्यक्ष रामप्रसाद खरेल, कवि शिवनारायण पण्डित सिंगल, कैलालीका कवि असीम, महाकाव्यकार डमरुबल्लभ भण्डारी, डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष बिनोद घिमिरे, तेह्रथुमकी कवि सुष्मा दाहाल, कविका बुबा, आमा र श्रीमान् समेतले पुस्तकको लोकार्पण गर्नुभयो । प्रमुख अतिथि आचार्यले भाषा साहित्य भनेको राष्ट्रको प्राण हो र यसको जगेर्नामा सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एक दर्जनभन्दा बढी कविहरूले कवितासङ्ग्र्रहभित्र रहेका कविताहरू वाचन गरेका थिए । महाकाव्यकार डमरुबल्लभ भण्डारीले कृतिकारको व्यक्तित्व बारेमा चर्चा गर्नुभएको थियो । १५० भन्दा बढी साहित्यकार र शुभेच्छुकहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन सिर्जनामा इनरुवाका सचिब तथा साहित्यकार रमेन्द्र कोइरालाले गर्नु भएको थियो ।

०००
– माधव गोज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x