साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काग तिहारमा आलु पार्टी

प्रमुख अतिथि कहिले भालु, कुकुर त कहिले बिरालो र मुसोसमेत राखिन्छ । कहिले त ढुंगो र मूढो पनि । हास्य व्यङ्ग्य कविता, प्रहसन, गीत, नाच, टुक्का, क्यारिकेचर प्रस्तुत हुन्छन् । कार्टुन प्रदर्शन हुन्छन् ।

Nepal Telecom ad

हास्य व्यङ्ग्य दिवस
नेपालमा गाईजात्रा शोकबाट शान्तिका लागि हास्यव्यंग्यलाई पनि पीडा हरणमा एक अंश मानिन्छ । कागतिहारलाई हास्यव्यंग्य क्षेत्रका कवि, लेखक, हाँस्यकलाकार, व्यंग्यचित्रकार, पत्रकारले २०३४ सालदेखि आलु पार्टी मनाउँदै आएका छन् । कागतिहारलाई हाँस्यदिवसका रूपमा मनाइने कार्य २०७५ सालदेखि प्रारम्भ भएको हो ।

प्रज्ञा प्रतिष्ठानमा २०३३ सालदेखि गाईजात्राका अवसरमा हास्यव्यंग्य महोत्सवका रूपमा गाईजात्रा महोत्सव सञ्चालन गर्दै आए पनि २०४६ मा रोकियो । यसलाई निरन्तरता दिन हास्य व्यङ्ग्य समाज नेपाल (हाँसने) २०४७ सालमा संगठित भई अघि बढायो । राजा वीरेन्द्रको स्वेच्छाले हास्यव्यंग्यलाई संस्थागत गर्ने दृष्टिमा राजा-प्रजा एक साथ नेपाली समाजमा के भइरहेछ ? हास्यव्यंग्यमार्फत बुझ्ने र मनोरञ्जनका साथै सुधारका लागि पहलकदमी गर्न साथै प्रतिभालाई प्रोत्साहन गर्न यो काम उपयोगी बनेको छ ।

एकतन्त्री राणाशासनमा समेत गाईजात्रा हाँस्यलाई महत्त्व दिइन्थ्यो । राणाका महलमा झाँकीहरू प्रदर्शन हुन्थे । गाईजात्रामा पनि व्यंग्य झाँकी हुन्थे । यति महत्त्वपूणर् विषयलाई संस्थागत गर्ने उद्देश्य हुँदा हुँदै पनि प्रज्ञाले त्यस बखत प्रज्ञाले केही काम गरेन । सानै रूपमा भए पनि आलु पार्टीले यसलाई अगाडि बढाएको छ । राजा महेन्द्र र वीरेन्द्रका समयमा दसैंताका सांस्कृतिक कार्यक्रम गर्ने टोलटोलमा मञ्चहरू बन्थे । दर्शक टाढा टाढाबाट जम्मा हुन्थे । जुद्ध शम्शेरकै दरबार अगाडि भोटो देखाउने स्थलको वरपर स्थानीयले दसैंमा गर्ने नाटक, नाच, गीत र प्रहसनमा मान्छेहरू झुम्मिन्थे ।

पछि यो क्रमशः सेलायो । २०३४ सालमा निजी निवासमा पहिलोपल्ट आलु पार्टी गरियो । यसमा हास्यव्यंग्यमा लेखन, प्रकाशनमा प्रोत्साहन गर्ने र कौवा प्रकाशन खोलेर हास्यव्यंग्यका किताब मात्र छाप्ने बासुदेव र त्यसबेलाका नवग्रहबाट धेरै हदमा हाँस्य प्रवद्र्धनका कामहरू भए । आलु पार्टी प्रारम्भ गर्दा कुनै दलको चियापान भेटघाट कार्यक्रम थिएन । यो लेखक कविकलाकार सबै साहित्यकार समेटेर एकैथलोमा भेटघाट हुने र रचना वाचन, अभिनय, नक्कल, कला प्रदर्शन गर्ने र हाँस्यले मन भर्ने मञ्चका रूपमा वर्षेनी कागतिहारमा आयोजना हुँदै आएको छ ।

वासुदेव लुइटेलले हास्यव्यंग्यमा केही काम देखाएवापत अभिनन्दन गर्न हालखबरका प्रसिद्ध सम्पादक दाताराम शर्मा, प्रसिद्ध कलाकार टेकवीर मुखिया र पत्रकार एवं साहित्यकार बासु रिमाल यात्रीको उपस्थितिमा पंक्तिकारकै निवासमा आयोजना गरियो। प्रसिद्ध हास्य व्यङ्ग्यकार भैरव अर्यालले आलु निबन्ध रत्नश्री साहित्यिक पत्रिकामा छापेका थिए । पाँडे र मुखियाले हातको दायाँबायाँ औंठाछाप लगाएर चिनाजस्तो पुरानो शैलीको स्क्रोल बनाएर हास्यव्यंग्यका प्रवद्र्धनकर्ता वासुदेव शर्मालाई अभिनन्दन पत्र प्रदान गरेका थिए । २०३४ कात्तिक २४ गते काग तिहारमा भएको थियो त्यो काम।

आलु पार्टीमा प्रमाण-पत्र दिने क्रम अघि बढेको छ। त्यसबेलादेखि आलु पार्टी निरन्तर चले पनि अटुट रहेन। २०७८ सालमा कोरोनाका कारण जुमबाट चल्यो । आलु पार्टीले ४५ वर्ष पार गर्दा धेरैले भाग लिए । पाँडे-मुखियाको आलु पार्टी शीर्षकमा प्रसिद्ध पत्रकार दाताराम शर्मा प्रजातन्त्राचार्यले लामो रमाइलो लेख लेखेर मुस्कान हाँस्य पत्रिकामा छापे । आलु भन्ने बाल कविता पुतलीको घर भन्ने पुस्तकमा पहिला नै परेको छ । आलु पार्टी नै भनेर हास्यव्यंग्य पनि लेखिएको छ । आलु पार्टीको प्रतिवेदन भनेर डा. देवीप्रसाद सुवेदी, मुकुन्द आचार्य, पिँडालु पण्डित आदिले रसिला-हँसिला लेखहरू लेखे ।

आलु पार्टीमा नेपालका पूर्व प्रधान मन्त्रीदेखि हास्य व्यङ्ग्य क्षेत्रका विभिन्न दलमा आस्था राख्ने र कतै पनि नलागेका पूणर् स्वतन्त्र बिचारधाराका कवि, लेखक, कलाकार र व्यंग्य चित्रकार उपस्थित हुन्छन् । कार्यक्रममा हास्य व्यङ्ग्य प्रस्तुत गर्छन् । ३-४ घण्टा भरपूर मनोरञ्जन दिन्छ । जसमा देशको परिस्थिति, समाजको स्थिति, राजनीतिको बेथिति आदि सबै व्यंग्यमा समेटिन्छन् । सुधारका लागि खबरदारी गर्दै कार्यक्रम हाँस्यपूणर् बनाउँछन् ।

हास्यव्यंग्य क्षेत्रका यो लेखन, मञ्चन र चित्रांकनका दृष्टिले पनि उपयुक्त छ । प्रसिद्ध व्यक्तित्वहरू उपस्थित हुने हुँदा एकापसमा अनौपचारिक हास्यव्यंग्यको प्रयोग, विभिन्न खाले नयाँ हाँस्यका रूपहरू समेत प्रस्तुत हुन्छन् । आलु पार्टीले हास्यव्यंग्यकर्मीलाई प्रेरणा मात्र हैन, नयाँ ज्ञानको अप्रत्यक्ष तालिम पनि दिन्छ । एकापसी छलफल र प्रस्तुतिले प्रेरणा र नयाँ दिशा पनि देखाउँछ । २०७९ मा ४५ वर्ष भएको यो पार्टी व्यवस्था फेरिए पनि पार्टी फेरिएको छैन । थोरै हास्य व्यङ्ग्यकार हुँदा सुरु भएको यो पार्टी आज होनाहार हाँस्य स्रस्टाहरूको उपस्थितिले हाँस्य वाङ्मय धनी भएको छ । पार्टीको प्रस्तुतिको अन्त्यमा आलुको परिकारले मुख मिठ्याइन्छ । प्रारम्भमा आलुको १७ परिकार (आलु सस्तो हुँदा अर्थात दुई रुपैयाँ धार्नी हुँदा) र चिनी रोग कमजोर हुँदा ख्वाए पनि आज लगभग पञ्च परिकारमा आलुको खीरको विशेष सत्कार हुने गर्छ ।

पार्टीमा नेपालका नाम चलेका ज्येष्ठदेखि कनिस्टसम्म उपस्थित हुन्छन् । आलुकै मानव रूपको आलु आलुनी श्रीमान् श्रीमती बनाएर सभापतित्वमा ग्रहण गराइन्छ । प्रमुख अतिथि कहिले भालु, कुकुर त कहिले बिरालो र मुसोसमेत राखिन्छ । कहिले त ढुंगो र मूढो पनि । हास्य व्यङ्ग्य कविता, प्रहसन, गीत, नाच, टुक्का, क्यारिकेचर प्रस्तुत हुन्छन् । कार्टुन प्रदर्शन हुन्छन् । विगतमा सहभागी हुने विद्वान् वासुदेव लुइटेल, श्याम गोतामे, सूर्यबहादुर पिवा, मोहनराज शर्मा, राजेश्वर देवकोटा, लक्ष्मण लोहनी आदि दिवंगत भइसकेका छन् । आलु पार्टीको अभिलेख २०५५ सालदेखि राखिएको छ । धेरैको चासो र रुची बढेकाले आगामी दिनमा सार्वजनिक रूपमा आलु पार्टी गर्ने सोच राखिएको छ । हास्य व्यङ्ग्यलाई संस्थागत गर्ने दृष्टिमा सम्पूर्ण हास्यव्यंग्य सम्बद्ध कुराहरू समेटेर एउटा हासने घर निर्माणको समेत परिकल्पना गरिएको छ ।

०००
‘अन्नपूर्ण  पाेष्ट’बाट जस्ताको तस्तै

२०७९, कार्तिक ६, कागतिहार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x