साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँचलको दुईदिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रम

अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता र हेटौंडा उप महानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालबालिकाहरूको नाच, बहस, गीत/गजल गायन, कविता, मुक्तक, प्रहसन, प्यारोडी, सूत्र कथा वाचन आदि प्रस्तुति रहेको थियाे ।

Nepal Telecom ad

हेटौँडा, ०८० जेठ २० । आँचल साहित्य कला पुञ्जले दुईदिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता र हेटौंडा उप महानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालबालिकाहरूको नाच, बहस, गीत/गजल गायन, कविता, मुक्तक, प्रहसन, प्यारोडी, सूत्र कथा वाचन आदि प्रस्तुति रहेको थियाे ।

पहिलो दिन आधारभूत तहस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । साथै सोही साँझ गायनका लागि सुरसंगम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा किसु थापा, कृतिका लौडारी, घनश्याम ढकाल, चिराग डंगोल, तुलुक लामा, धावा लामा, पुरणविक्रम अधिकारी, पुरुषोत्तम आचार्य, प्रलय चौलागाईं, मनोज शाही, रमेश गहतराज, राजकुमार रसाइली, विष्णुदेव, सङ्गीता आले मगर, सुज्यैना गहतराज, सुनिता शर्मा लुइँटेलले गायन तथा वाद्यवादन प्रस्तुती गर्नुभएको थियो । प्रमेन्द्र महर्जनको अभिभावकत्व रहेको यस सेसन निरा शर्माले सहजीकरण भएको थियो ।

दोस्रो दिन लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको रचनात्मक प्रस्तुति आयोजना गरियो । रुबेन सुनारले गीत गायन गर्नुभयो भने उपमा लामाले नाच प्रस्तुत गर्नुभयो । प्रिन्स तामाङ, प्रिन्स परियार, भरत थापा, रुपा थापा, भगवती माझी सहभागी कार्यक्रममा जुली चेपाङले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका रूपमा आफ्नो अनुभव बताउनुभयो । किरण थापाको अभिभावकत्व रहेको यस सेसनलाई निर्मला ब्लोनले सहजीकरण गर्नु भएको थियो ।

दोस्रो सेसनमा साहित्यमा लैङ्गिक सवाल विषयक बहस नेपाली लेखक संघका केन्द्रिय सदस्य हयग्रीव आचार्यको अभिभावकत्वमा साहित्य समीक्षक घनश्याम घिमिरे, प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना र प्राध्यापक तथा हेउमनपा सामाजिक विभाग प्रमुख भीमप्रसाद तिमल्सिनाले बहस गर्नुभयो भने बहसलाई सुवास खनालले सहजीकरण गर्नुभयो ।

कार्यक्रममा सिस्नुपानी नेपालको अगुवाईमा विशेष हास्यव्यङ्ग्य प्रस्तुति निकै आकर्षक रह्यो । जसमा विशप आचार्य, प्रभास घिमिरे र चिरन्जीवी लामिछानेका हास्यव्यङ्ग्य कविता, मीनप्रसाद लामिछानेको ‘बजेट प्रहसन’, सानुभाइ विश्वकर्मा र स्वस्तिका दाहालको प्यारोडी गायन, राजकुमार लामिछाने र संप्रस पौडेलको ‘अन्तर्वार्ता प्रहसन’ रहेका थिए । अग्रज हास्यव्यङ्ग्य सर्जक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी. रिजालको अभिभावकत्वमा सञ्चालित यस सेसनलाई सिर्जना पौडेलले सहजीकरण गर्नुभयो ।

कविता, गजल, मुक्तक तथ सूत्रकथा वाचन सेसनमा अनिल कोइराला, उत्सव चौलागाईँ, यश लामा, किशन पौडेल, छवि अनित्य, प्रशन्ना चौलागाईं, प्रशिद्धिका लम्साल, बैकुण्ठ लामिछाने, मञ्जु खराल, विनिता महत, समर्पण न्यौपाने, सानु खनाल, स्वस्तिका बानियाँले कविता वाचन गर्नुभयो । दीपक गौतम, बबी थापा, सुवास सजल, हरि पौड्यालले गजल वाचन गर्नुभयो । यस्तै डिबी बर्तौला, देवराज खरेल र देवराज तिवारीले मुक्तक वाचन गर्नुभयो । एस.के. निधनले सूत्रकथा वाचन गर्नुभयो । तुल्सी घिमिरेको अभिभावकत्व रहेको यस सेसनलाई भवानी तिमल्सिनाले सहजीकरण गर्नुभयो ।

नाच प्रतियोगितामा बालज्योति मा.वि., ब्रह्मदिक एकेडेमी, जिएस निकेतन र सिद्धार्थ शिशु सदन क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो घोषित भएका थिए ।

समापन समारोहमा साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, आँचलका सल्लाहकार पूणर्कला घिमिरेले आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो ।

आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा प्रतियोगिताका पुरस्कार र प्रमाणपत्र तथा सहयोगी संस्थाहरूलाई सम्मान तथा मायाको चिनो वितरण समेत गरियो ।

बालबालिकाहरूको नाच, बहस, गीत/गजल गायन, कविता, मुक्तक, प्रहसन, प्यारोडी, सूत्र कथा वाचन आदि प्रस्तुति रहेको यस कार्यक्रम हेटौँडा नगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

०००
समाचारः संप्रस पौडेल
फोटोः महेन्द्र ओझा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x