सुभाषचन्द्र देवकाेटाम त बिग्रिएँ साइँला
जता पुगे पनि ठक्कर मात्रै खाइयो, न उसको भैयो, न यसको भैयो ! न बकुल्लाको चाला, न कौवाको चाला भो ! जिन्दगी नै यस्तै भो साला, म त बिग्रिएँ नि साइँला !

सुभाषचन्द्र देवकोटा :
राजनीतिमा नेता रिझाउन सकिन,
घरमा बा आमा रिझाउन सकिन,
न छोरा छोरी पढाउन सके,
हात जोड्दा जोड्दै,
खिई सके मेरा पाइला,
म त बिग्रिएँ नि साइला !
साथीभाइ सम्पन्नताको चुलीमा उक्लिँदा
बिपन्नाताको जमिनमा धसिदै गए
न घरमा चुलो बाल्न सके
न सिर छोप्ने घरको जोहो गर्ने सकेँ
ऋणै नै ऋणको भरिले थिच्दा
न घरको न घाटको भए
हात जोड्दा जोड्दै
जवानीमै चाउरिए मेरा गाला,
म त बिग्रिएँ नि साइँला !
भक्तिगान नगाउँने म,
न उसको भए, न यसको भए !
काम नलाग्ने ठाडो भए !
न आमाबाको लठ्ठी बन्न सके !
न छोरा छोरीको सहारा बन्न सके !
भीरको कुभिन्ड़ो जस्तो,
बाँचे पनि मरे तुल्य भो मेरो चाला,
म त बिग्रिएँ नि साइँला !
पढे ठूलो मान्छे हुन्छ भन्थे,
कलेजका सर्टिफिकेटहरू काम लागेन !
दस्तूर चढाउँने काम गरिएन,
ढाँटछल गर्ने बानी भएन !
जता पुगे पनि ठक्कर मात्रै खाइयो,
न उसको भैयो, न यसको भैयो !
न बकुल्लाको चाला,
न कौवाको चाला भो !
जिन्दगी नै यस्तै भो साला,
म त बिग्रिएँ नि साइँला !
०००
गोरखा
Subscribe
Login
0 Comments
Oldest







































