साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (३)

बा आमाकन याद खोज अथवा वास्ता नभै छोडिने त्यस्ता मूर्खहरू नजन्म अब ता मान्छन् सबैले खुनी जन्मेको पनि सार राख्न नसके धिक्कार होला जुनी ॥

Nepal Telecom ad

कविराज घिमिरे :

पक्षीमा कुखुरा र हाँस गतिला त्यस्तै परेवा-घर
यत्रा यी घरपालुवा पशु यहाँ थेग्ने अरू को छ र
पढ्ने छन् घरमा र जागिर हुने दौडन्छ कार्यालय
ढुक्कै छन् सब वृद्धका खटनमा चल्ने हुँदा आलय ॥१७

खान्छन् दुग्ध दही मही सुरसिलो नौनी झनै स्वादिलो
च्याँख्ला भात ढिँडो दही सँग अहो फर्सी हुँदा आडिलो
मुन्टामा घिउको भयो भुटुन झन् के चाहियो व्यञ्जन
यस्तोमा छ मजा र स्वस्थ गतिलो खान्छन् सबै सज्जन।१८

इच्छा मासु लिँदा परेन मनमा शङ्का दियो के भनी
आफ्नै खोर उघार्नु पर्छ गतिलो भेटिन्छ जस्तो पनि
अण्डा फुर्लुङमा सजावट गरी राख्छिन् प्रियाले सधैँ
आए पाहुनु मख्ख हुन्छ सहजै बाँडेर खाइन्छ नै ॥१९

बाबाको गुणगान गर्न कसले सक्ला र यस्ता भनी
बाबातुल्य म देख्न सक्तिन अरू ब्रह्माण्डमा तैपनि
भन्छन् सृष्टि सुमेरु पर्वत पिता मात्रै कहाँ हुन् यिनी
मेरा निम्ति पिता सुयोग्य रथका सम्पूणर् हुन् जीवनी ॥२०

बाबाका पद चाप माथ नपरे छोरा बनुन् केगरी
बाबाको ममता अभाव छ भने छोरी बनुन् केगरी
बाबा संस्कृत हुन् अपार सबका संस्कार देखाउने
बाबाकै सब प्रेरणा बुझ तिमी यो जिन्दगी पाउने ॥२१

झन् आफू कखरा समेत नपढी सङ्घर्षका ती क्षण
काटे जीवन कष्टसाथ तिनले छोरा र छोरीकन
मेरो हालत खप्नु हुन्न यिनले भन्दै खटे घाममा
आफ्ना सन्तति पार्नुपर्छ गतिला भन्ने थियो कामना ॥२२

बाबाका सपना समापन हुने वाचा गरौँ सर्वदा
आमाका बलिदान त्याग ममता राखौंँ दिलैमा सदा
सेवा चाकर गर्नुपर्छ यिनको जल्ले दियो तागत
हुन् हाम्रा गुरुदेव जीवन पिता सत् धर्मका पालक ॥२३

छौंं सन्तान सदैव आकुल-बनी पैसातिरै दौडने
बा आमाकन याद खोज अथवा वास्ता नभै छोडिने
त्यस्ता मूर्खहरू नजन्म अब ता मान्छन् सबैले खुनी
जन्मेको पनि सार राख्न नसके धिक्कार होला जुनी ॥२४

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x