साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठान नेपालको १२४ औँ श्रृङ्खला

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलज्यूको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि गणेश आत्रेयज्यू एवं विशिष्ठ आमन्त्रित डा.बमबहादुर थापा जिताली र गङ्गा लिगल ज्यूको उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ २० । शनिवार अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२४ औँ प्रविधिमैत्री कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलज्यूको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि गणेश आत्रेयज्यू एवं विशिष्ठ आमन्त्रित डा.बमबहादुर थापा जिताली र गङ्गा लिगल ज्यूको उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, लोकछन्द कविता रोचक ढङ्गबाट स्रष्टाहरूले वाचन गरे । रचनाहरू देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका बिक्रिति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

सो अवसरमा रचना वाचन गर्नेमा क्रमशः भुवनहरि सिग्देल, गणेश आत्रेय, बमबहादुर थापा जिताली, गङ्गा लिगल, हरिप्रसाद चौलागाई, टङ्कराज ढकाल, डिल्लीप्रसाद मूलतिहून, गङ्गा आचार्य, कल्पना भटराई, जगदीश्वर पोखरेल, सुधा बास्कोटा ढकाल, बिनुबाबा घिमिरे, दुर्गा रिमाल अधिकारी, उत्तम भेटुवाल, घनश्याम पौडेल, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, सुरेशचन्द्र घिमिरे, अनुराधा थापा र उर्मिला पन्त हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित गणेश आत्रेय अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ भन्नु भयो । वाचित रचनाको संक्षिप्त समीक्षा सुललित रूपमा गर्नु भएको थियो । विशिष्ठ अतिथि बमबहादुर थापा जितालीले लमजुङ्गेहरू राजधानीमा रहेर साहित्यमा योगदान गरिरहेका छन् भन्नु भयो । उपाध्क्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा चर्चा गर्नु हुँदै स्वागत गर्नु भएको थियो ।

अध्यक्ष भुवनहरि सिग्देलले कविता ध्वनिमा हुनुपर्छ भन्नु भयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो । महासचिव सुधा बास्कोटा ढकालले कुशलतापूर्वक संयोजन गर्नु भएको थियो ।

०००
– जगदीश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x