सुलसुलेचितवनमा कविता वाचन र विशेषाङ्क विमोचन
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले संयुक्त रुपमा सो निबन्ध विशेषाङ्कको विमोचन गरेका थिए ।

रत्ननगर वाङ्मय परिषद् रत्ननगर चितवनले ०८० जेठ २० एक समारोहका विच कविता गोष्ठी एवं ‘सम्प्रेषण’ पत्रिकाको निबन्ध विशेषाङ्क विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले संयुक्त रुपमा सो निबन्ध विशेषाङ्कको विमोचन गरेका थिए ।
नगर प्रमुख प्रह्लाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सो कार्यक्रमको सभापतित्व रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले गरेका थिए । भरतपुर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कालीगण्डकी साहित्य परिषद्का सभापति गणेश शर्मा पौडेल, समीक्षक उदय अधिकारी, श्यामजी अतिथि, साहित्यकार मोदनाथ मरहट्ठा र चितवन साहित्य परिषद्का जगन्नाथ पण्डित विशिष्ट अतिथिका रुपमा रहेका थिए ।
विश्वनाथ खनालले सहजिकरण गरेको सो कार्यक्रममा साहित्यकार धनराज गिरीले स्वागत भाषण गरेका थिए । सम्प्रेषण निबन्ध विशेषाङ्कमा देशभरका ६४ जना निबन्धकारका निबन्ध समावेश छन् । कार्यक्रममा समीक्षक उदय अधिकारीले सम्प्रेषणमा समावेश भएका निबन्धको समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा चितवनका कवि तथा साहित्यकारहरुले कविता वाचन गरेका थिए । कविहरू केशवराज आमोदी, तिलक शर्मा, चिरञ्जीवी दाहाल, गणेश शर्मा पौडेल, राजेन्द्र घायल, प्रकाश चापागाईं, तिलक शर्मा, धनराज गिरी, होमनाथ घिमिरे, शोभा ओली, अशोक भुषाल, किसान प्रेमी, यमुना न्यौपाने, रुविन पौडेल, हेमराज खतिवडा, करुणा उदासी कृष्णा, गोकणर् मल्ल, दिलबहादुर बोगटी र बिष्णु प्रसाद पौडेलले आ-आफ्ना कविता वाचन गरेका थिए ।
०००
– चिरञ्जीवी दाहाल, चितवन
Subscribe
Login
0 Comments
Oldest












































