साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाशय !

त्यसैले तपाईंजस्तो महाशयको यो देशमा अत्यन्त खाँचो छ । तपाईं जस्ता महाशय संसारमा कहाँ भेटिन्छ ?

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी :

तपाईं भद्र मान्छे
कसैसँग मिथ्या बोल्नुहुन्न
कसैलाई अपहेलना गर्नुहुन्न
कसैसँग जोरी खोज्नुहुन्न
चोकचोकमा बसेर
कसैको कुरा काट्नुहुन्न
त्यसकारण सबैले
तपाईंलाई खूब मन पराउँछन्

जगिर खाएको दुई वर्षमा
पाँचतले घर बनाउनु भयो,
भन्नुहुन्छ- म भ्रष्टाचार र्गिर्दन,
घूस खाँदैखान्न,
म घुस र भ्रष्टाचारीलाई
बाँकी राख्दै राख्नुहुन्न ।

कणर्ालीमा भोकै बसेका
जनतालाई म खुवाउँछु,
जनताको गाँसबास र कपासको
ग्यारेन्टी म गर्छु,
म लड्छु र लडाउँछु,
त्यसैले भन्नुहुन्छ,
म बान्धवसँग मैत्रीभाव राख्छु, ।

बैंकमा एक अरब पैसा छ
तर म आफ्नो लागि केही राख्दिन,
भन्नुहुन्छ- सादा जीवन उच्च विचार
कोही मगन्ने आयो भने दिनुहुन्न,
सन्तमहन्तको आशीर्वाद पनि लिनुहुन्न,
दान धर्म पूजापाठ गर्नुहुन्न,
भन्नुहुन्छ- मन सङ्लो पार्नुपर्दछ ।

त्यसैले तपाईंजस्तो महाशयको
यो देशमा अत्यन्त खाँचो छ ।
तपाईं जस्ता महाशय
संसारमा कहाँ भेटिन्छ ?

०००
कलङ्की- १४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मूला

मूला

दुर्गा रिमाल अधिकारी
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x