साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फौदनाथ खनालको कविता सङ्ग्रह ‘मनका तरङ्गहरू’ लोकर्पण

खनाल परिवारका ज्येष्ठ सदस्य गौरीशंकर खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा हुनुहुन्थ्यो ।

Nepal Telecom ad

झापा, ०८० जेठ १९ । बुद्धशान्ति गाउँ पालिका ५ निवासी कवि फौदनाथ खनालद्वारा रचित कविता संग्रह ‘मनका तरङ्गहरू’ को गडिगाउँ मा.वि. गडिगाउँको सभाहलमा एक कार्यक्रमका बिच लोकार्पण भएको छ ।

खनाल परिवारका ज्येष्ठ सदस्य गौरीशंकर खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा चन्द्र भण्डारी, शिवकुमार पौडेल, सुभद्रा भट्टराई, केदार कोइराला, विनोद खनाल रहनु भएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई डा. गोपाल आत्रेयले स्वागत गर्नु भएको थियो भने स्वागत गान खनाल परिवारका तर्फबाट प्रस्तुत गरिएको थियो ।

कृतिको लोकार्पण सभाध्यक्ष, प्रमुख अतिथि, अतिथि गणले संयुक्त रुपमा गर्नुभएको थियो । लोकार्पण पश्चात् कृतिको समीक्षा साहित्यकार विनोद खनालले गर्नुभएको थियो भने नीलमणि नेउपाने, केदार कोइराला, शिवकुमार पौडेल, सुभद्रा भट्टराई, चन्द्र भण्डारी, मुनाराज शेर्माले कृतिकारलाई शुभकामना तथा बधाई व्यक्त गर्नु भएको थियो ।

कृतिकार फौदनाथ खनालले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । सो कार्यक्रममा कविता वाचन पनि भएको थियो, गणेश निरौला, मोक्ष खतिवडा, वसन्त तिम्सिना, गंगाराम ढुङ्गेल लगायतले कविता वाचन गर्नुभएको थियो ।

कवि साहित्यकार, स्थानीय बुद्धिजीवी लगायत सय भन्दा बढीको उपस्थिति रहेको सो कार्यक्रमको संचालन जय भण्डारीले गर्नुभएको थियो ।

०००

विनाेद खनाल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x