साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमेरिकाको टेक्ससमा स्रष्टा विजय खरेलको निधन, हार्दिक शब्दश्रद्धा !

उहाँका ‘भाले, ब्रोइलर र हामी’, ‘तपाईंको नाम के हो ?’, ‘लक्ष्मीको आरति’, ‘कुकुरदेखि सावधान’, ‘पोइलेतन्त्रको जय होस्’ जस्ता आधा दर्जनभन्दा बढी हास्यव्यङ्ग्य निबन्धहरू फित्कौली डटकममा प्रविष्ट भएका छन् ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार १८ । झापाका स्थापित साहित्यकार, झर्रो नेपालीमा साहित्य लेख्न माहिर विजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकाको टेक्ससस्थित मेमोरियल हर्मन अस्पतालमा निधन भएको छ ।

खरेल गम्भीर विमारी हुनु भई भेन्टिलेटरमा राखेर उपचार हुँदै गरेको अवस्थामा अमेरिकी समयअनुसार २ जुलाई २०२३, आइतबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । एक महिनाअघि पारिवारिक भेटघाटका लागि खरेल गत जेठ १९ गते अमेरिका जानुभएको थियो ।

झापाको मेचीनगर वडा नं.- ६ काँकरभिट्टा निवासी खरेल अमेरिका गएको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएको र पछिल्लो समय भेन्टिलेटरमा राखेर टेक्सासको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँका पत्नी पार्वती खरेल, छोरा प्रयास, बुहारी, छोरीहरू जयन्ती र चन्दा हुनुहुन्छ । उहाँकी छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ ।

खरेलका छोरा प्रयास खरेल र बुहारी केही वर्षदेखि अमेरिकाको टेक्ससमा हुनुहुन्छ । छोरा बुहारीले बोलाएर उहाँ पत्नी पार्वतीसहित अमेरिका पुग्नु भएको थियो । कीर्तिशेष खरेलका भाइ एव्म स्रष्टा पुन्य खरेलले शोकको बज्राघातलाई मरणशील मानिसको अति बाध्यात्मकता बोध गरि सहन गर्न म आफैं पनि अत्यन्तै भावुक भएर समवेदना व्यक्त गर्दछु भन्नु भएको छ ।

झापाका स्थापित साहित्यकार विजय खरेलका उपन्यास, कथा, निबन्ध, हास्यव्यङ्ग्य, कविता, एकाङ्की नाटक लगायतका थुप्रै कृतिहरू प्रकाशित छन् । प्रकाशित कृतिहरू ‘विजयका निबन्ध’ (निबन्ध, २०६४), ‘क्षितिजवारि क्षितिजपारि’ (काव्य, २०६५), ‘बाटुली’ (विज्ञान काव्य, २०६६), ‘इन्द्रकिल पहाडसँग’ (यात्रा संस्मरण, २०६८), ‘विजयका कविता’ (कविता सङ्ग्रह, २०६५), ‘सम्झनाका तरेली’ (निबन्ध सङ्ग्रह, २०७७), ‘छोपिएका तारा’ (इतिहास), ‘कति रोउँ म’ (शोककाव्य), ‘राम साइँलीहरू’ (कथा कुथुङ्ग्री, २०७४), ‘अल्पिल्टा स्वरहरू’ (निबन्ध सङ्ग्रह, २०७८), कपना, मुनाहरू (समालोचना, २०७८), ‘झर्रा शब्दहरूको सङग्रह (शब्दकोश, २०७९), ‘झिल्काहरू’ (कुथुङ्ग्री सङ्ग्रह), ‘युगारम्भ’ (उपन्यास, २०७९) प्रकाशित छन् ।

हास्यव्यङ्ग्य निबन्ध लेखनमा समेत रुचि राख्ने विजय खरेलका धेरै निबन्धमा हास्य र व्यङ्ग्यात्मक शैली अपनाइएको पाइन्छ । उहाँका ‘भाले, ब्रोइलर र हामी’, ‘तपाईंको नाम के हो ?’, ‘लक्ष्मीको आरति’, ‘कुकुरदेखि सावधान’, ‘पोइलेतन्त्रको जय होस्’ जस्ता आधा दर्जनभन्दा बढी हास्यव्यङ्ग्य निबन्धहरू फित्कौली डटकममा प्रविष्ट भएका छन् ।

फित्कौली डटकम कीर्तिशेष साहित्यकार विजय खरेलप्रति हार्दिक शब्दश्रद्धा प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x