साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वका राष्ट्रिय गान अब नेपाली भाषामा

फाउन्डेसनका अध्यक्ष डा. विप्लव ढकालका अनुसार यस पुस्तकमा संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रहरू तथा २ पर्यवेक्षक राष्ट्रहरूका राष्ट्रिय गानहरू समेटिएका छन् ।

Nepal Telecom ad

काठमाडौ, ०८० असार । ‘नेपाल वाङ्मय फाउन्डेसन’ ले विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरेर ’विश्वका राष्ट्रिय गान’ शीर्षकमा पुस्तक प्रकाशन गरेको छ । यो पुस्तक निकट भविष्यमै एक विशेष समारोहबीच लोकार्पण हुँदै छ । फाउन्डेसनका अध्यक्ष डा. विप्लव ढकालका अनुसार यस पुस्तकमा संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रहरू तथा २ पर्यवेक्षक राष्ट्रहरूका राष्ट्रिय गानहरू समेटिएका छन् ।

पुस्तकका सम्पादक तथा निर्देशकसमेत रहेका ढकालले यो पुस्तक संसारभरिका देशहरूको हृदय जोड्ने पुलको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरेका छन् । यो पुस्तक विश्वशान्ति, सद्भाव र भाइचाराको कामनासहित नेपाली पाठकहरूमा देशभक्ति र राष्ट्रियताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रकाशित हुन लागेको हो ।

पुस्तकभित्र सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, नेपालस्थित संयुक्त राष्ट्र सङ्घका महामहिम आवासीय संयोजक हाना सिंगर-हाम्दी तथा फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाका मन्तव्य समेटिएका छन् ।

यस पुस्तकका प्रकाशन सौजन्यकर्ता श्री उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहेका छन् भने मूल अनुवादक श्री प्रदीप निरौला र व्यवस्थापक डा. पद्मा अर्याल रहेका छन् । यही पुस्तकको प्रकाशनसँगै नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक उद्घाटन हुन लागेको कुरा आयोजकहरूले बताएका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x