साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्दनको गोलाई

र नाप्ने छन् तिम्रा गर्दनको गोलाई असारको पाँगोमा धान रोप्दै गरेका रोपहारले धान खाने झारको घाटी निमोठे जस्तै हो ! नाप्ने छन् तिम्रा गर्दनको गोलाई गर्दनको गोलाई ।

Nepal Telecom ad

एमपी पाण्डे :

आऊ
छ्द्म घामहरू
झरिहरू, बतासहरू
निमोठ तिमी पनि
कालारातहरूले अँठ्याएको घाँटी
गुम्सिएको फोक्सो
मन्द भएको मुटुको चाल
लुछ!
गिद्धहरूले सिनो लुछ्ने बहानामा
ज्युँदो गोरुको आँखा ठुँगे झै
चप्काओ ब्वाँसाले
गर्भिणी कस्तुरीको मलद्वार च्यातेर
गर्भाशय चुबुर्क्याए झै
भुत्ल्याओ भोको बाजले उड्दा उड्दैको
परेवा भुत्ल्याए झैं ।

किनकी
म, ती बिहानी प्रभाका किरणहरू पनि
सबैलाई सराबरी बराबरी होस् भन्ने
बिद्रोही आत्मा हुँ
म, ती जुनका जुनेली
ताराहरूको चमक पनि
सबैलाई सराबरी, बराबरी होस् भन्ने
चेतहरूको बिप्लव हुँ
तिमीले, आफ्नै बाउको बिर्ता तुल्याएको
साझा इन्द्रावतीको तातो चुलोमा बल्दै गरेको
अंङ्गार जस्तो ।

मलाई
पिर लाग्दैन, चिन्ता लाग्दैन
लुछिनु, चुँडिनु र सकिनु, जल्नु बल्नुमा
बरु यस्तो लाग्छ
मलाई लोभ नलागोस्
भोक नलागोस् कसैगरी
तिम्रो आदिम अभिनयको नयाँ थिएटरमा
निमुखाहरूको नाममा राखिएको
राजभोजको बाटो भएर….
मेरी आमाको घाइते छाती
ताछिएका पैताला
भुत्ल्याइएको कपाल
र
मेरो हृदयको वारपार भएर
पूर्व पश्चिम फैलिएको
सुन्दर, शान्त देश खोज्दै हिँडेको पल ।

जो
मन्जुर छैन मलाई
हिटलरहरूको शाकाहारी भोजन कक्षमा पाकेको
परिवर्तनगामी हियो, कलेजो,
आन्द्रा भुँडीको भोज, भतेर
कदापि मन्जुर छैन
हातमा गुलाव,
गोजीमा छुरा राखेर सम्बोधन गरिएको प्रेम प्रस्ताव ।

आँट छ भने
हाकाहाकी आऊ
पूर्व घोषित महाभारत युद्धमा जुटेका
कौरव-पाण्डवका सेनाहरू झै
मलाई राम्ररी थाहा छ
तिम्रा हतियारको लम्बाई
र
आफ्नो घाँटीको गोलाई ।

आऊ ! लुछ !
फेरि पनि
मेरा पुर्खाका गर्विला काँध
आमाका दुधिला लाम्टा
यसरी सकिनु, रित्तिनु र मर्नुमा गर्व छ मलाई
तिम्रो कायरतासँग झुक्न भन्दा
लुछ, लुछिराख
मेरो विभक्त मन
छरपष्ट हत्केला एकत्रित नहुन्जेल
मलाई विश्वास छ
एक न एकदिन मान्छे भएर उठ्ने छन्
जुट्ने छन्
तिम्रो नजरका किर्नाहरू
र नाप्ने छन्
तिम्रा गर्दनको गोलाई
असारको पाँगोमा
धान रोप्दै गरेका रोपहारले
धान खाने झारको घाटी निमोठे जस्तै
हो ! नाप्ने छन् तिम्रा गर्दनको गोलाई
गर्दनको गोलाई ।

०००
१५-०३-०८०
बाजपा- ३, अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म

म

एमपी पाण्डे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x