साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशिर्वाद

पशुपति पनि के कम ? बोले, “म न्यायाधीश हुँ र न्याय खोज्न आउने ? तिमी नै देशको सार्वभौम सत्ता कुम्ल्याएर बसेका छौ । आफै आफ्नो सामर्थ्य प्रयोग गर्न सक्दैनौ भने चिर निद्रामा जाऊ ।”

Nepal Telecom ad

डा.कुसुमाकर शर्मा गौतम :

“ए पशुपतिबाजे ! बाहिर निस्क, बाहिर निस्क ।”
गगनभेदी आवाज फैलियो चारैतिर ।

“मेरो तपस्या भङ्ग गर्ने यत्रो आवाज कहाँबाट आयो ?” राता राता आँखा पल्टाउँदै पशुपति गर्जे ।
“तिम्रै अगाडि देखिनौ ? दक्षिणी ढोकातिर हेर ।” अगाडि आफै सिंहदरवार खडा थियो ।
शान्त हुँदै पशुपतिले सोधे, “तिमी सुतुवालाई केले उठायो ?”
“कुन पागलले तिम्रो मन्दिरका साज यसरी बेतालमा बजायो कि त्यसको कम्पनले उठायो ।” निद्रा खलबल्लिएको स्वरमा सिंहदरवार बोल्यो ।

पशुपतिले ब्यङ्ग्य भावमा भने, “सात सालमा उठ्यौ । सत्र सालदेखि सुत्यौ । छत्तीस सालमा कोल्टो फेर्‍यौ तर उठेनौ । छयालीस सालमा फेरि उठ्यौ । तर कसैले तिमीलाई लागु पदार्थ खुवायो कि ? थोरै समयमै घोर निद्रामा सुत्यौ । देशमा शान्ति मारिँदा पनि उठेनौ । त्रिसठ्ठीमा फेरि कोल्टो फेर्‍यौ । त्यसपछि त चिर निद्रामा सुत्यौ । तिमी सुतिँदिदा मैले धान्नु पर्‍यो । ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ भन्दै सबैले मैमाथि थोपरिदिए । फेरि जाऊ सुत आनन्दसँग ।”

“मेरो शान्ति भङ्ग गर्नेको विरुद्ध फिराद लिएर आएको त ! उल्टो मलाई पो हकार्छौ ए बाजे ! न्याय गर ।” सिंहदरवार अझै बाउँठियो ।
पशुपति पनि के कम ? बोले, “म न्यायाधीश हुँ र न्याय खोज्न आउने ? तिमी नै देशको सार्वभौम सत्ता कुम्ल्याएर बसेका छौ । आफै आफ्नो सामर्थ्य प्रयोग गर्न सक्दैनौ भने चिर निद्रामा जाऊ ।”

गम्भीर भावमा सिंहदरवाले अनुनय गर्‍यो, “बाजे! म सुत्दा मेरो अस्तित्वमाथि सङ्कट आयो । अब सुत्दिनँ । जुर्मुराउने आशिर्वाद देऊ ।”

०००
एडमन्टन, क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x