डा.कुसुमाकर शर्मा गाैतमआशिर्वाद
पशुपति पनि के कम ? बोले, “म न्यायाधीश हुँ र न्याय खोज्न आउने ? तिमी नै देशको सार्वभौम सत्ता कुम्ल्याएर बसेका छौ । आफै आफ्नो सामर्थ्य प्रयोग गर्न सक्दैनौ भने चिर निद्रामा जाऊ ।”

डा.कुसुमाकर शर्मा गौतम :
“ए पशुपतिबाजे ! बाहिर निस्क, बाहिर निस्क ।”
गगनभेदी आवाज फैलियो चारैतिर ।
“मेरो तपस्या भङ्ग गर्ने यत्रो आवाज कहाँबाट आयो ?” राता राता आँखा पल्टाउँदै पशुपति गर्जे ।
“तिम्रै अगाडि देखिनौ ? दक्षिणी ढोकातिर हेर ।” अगाडि आफै सिंहदरवार खडा थियो ।
शान्त हुँदै पशुपतिले सोधे, “तिमी सुतुवालाई केले उठायो ?”
“कुन पागलले तिम्रो मन्दिरका साज यसरी बेतालमा बजायो कि त्यसको कम्पनले उठायो ।” निद्रा खलबल्लिएको स्वरमा सिंहदरवार बोल्यो ।
पशुपतिले ब्यङ्ग्य भावमा भने, “सात सालमा उठ्यौ । सत्र सालदेखि सुत्यौ । छत्तीस सालमा कोल्टो फेर्यौ तर उठेनौ । छयालीस सालमा फेरि उठ्यौ । तर कसैले तिमीलाई लागु पदार्थ खुवायो कि ? थोरै समयमै घोर निद्रामा सुत्यौ । देशमा शान्ति मारिँदा पनि उठेनौ । त्रिसठ्ठीमा फेरि कोल्टो फेर्यौ । त्यसपछि त चिर निद्रामा सुत्यौ । तिमी सुतिँदिदा मैले धान्नु पर्यो । ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ भन्दै सबैले मैमाथि थोपरिदिए । फेरि जाऊ सुत आनन्दसँग ।”
“मेरो शान्ति भङ्ग गर्नेको विरुद्ध फिराद लिएर आएको त ! उल्टो मलाई पो हकार्छौ ए बाजे ! न्याय गर ।” सिंहदरवार अझै बाउँठियो ।
पशुपति पनि के कम ? बोले, “म न्यायाधीश हुँ र न्याय खोज्न आउने ? तिमी नै देशको सार्वभौम सत्ता कुम्ल्याएर बसेका छौ । आफै आफ्नो सामर्थ्य प्रयोग गर्न सक्दैनौ भने चिर निद्रामा जाऊ ।”
गम्भीर भावमा सिंहदरवाले अनुनय गर्यो, “बाजे! म सुत्दा मेरो अस्तित्वमाथि सङ्कट आयो । अब सुत्दिनँ । जुर्मुराउने आशिर्वाद देऊ ।”
०००
एडमन्टन, क्यानाडा
Subscribe
Login
0 Comments
Oldest






































