साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शैलेन्द्रकुमार खतिवडाको ‘मेरो सङ्गीत गुरु’ विमोचन

तीनतले संगीत केन्द्रका अध्यक्ष श्याम बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि दनुवारले साहित्य कला संस्कृतिका लागि आफूले गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Nepal Telecom ad

गाईघाट, उदयपुर ०८० साउन १४ । तीनतले उदयपुर संगीत केन्द्रद्वारा सञ्चालित त्रियुगा संगीत विद्यालयका निर्देशक शैलेन्द्रकुमार खतिवडाद्वारा लिखित ‘मेरो संगीत गुरु’ नामक पुस्तक आइतबार एक कार्यक्रमका बिच कोशी प्रदेशसभाका माननीय उपसभामुख सिर्जना दनुवारले विमोचन गर्नु भएको छ ।

साहित्य कला संस्कृति तथा गीत संगीत मानवीय जीवनका अत्यन्त महत्वपूर्ण पक्ष भएको र गीत संगीतले मानव जीवनलाई सार्थक बनाउँछ । स्रष्टालाई आफ्नो जीवन पर्यन्त पनि चिनाउने गीत संगीत जस्तो सिर्जनाले सर्जकलाई सधैँ अमर बनाउने कुरा प्रमुख अतिथि दनुवारले बताउनु भयो ।

तीनतले संगीत केन्द्रका अध्यक्ष श्याम बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि दनुवारले साहित्य कला संस्कृतिका लागि आफूले गर्नु पर्ने सहयोग गर्ने र आफूलाई संसदीय विकास कोषमा प्राप्त बजेटबाट केही सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । यसैगरी सो कार्यक्रमका विशिष्ट अतिथि त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले त्रियुगा नगरपालिकाले आफ्नो श्रोत साधनले भ्याएसम्म साहित्य कला संस्कृतिकालागि सहयोग गर्ने र जग्गा व्यवस्थापनका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उक्त कार्यक्रममा तीनतले उदयपुर संगीत केन्द्रका अध्यक्ष श्याम बस्नेतले त्रियुगा संगीत विदालयका लागि वाद्यवादनका सामाग्री समेत हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरित सामाग्रीमा मादल १० थान, नाल ४ थान, तवला २ थान र हारमोवियम २ थान रहेका छन् ।

सो कार्यक्रममा विमोचित पुस्तकका बारेमा कटारी संगीत विद्यालयका प्रशिक्षक ध्रुव घिमिरेले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने पुस्तकका प्रकाशक गायत्रा दाहाल खतिवडाले पुस्तक प्रकाशन गर्न लाग्दाका समस्या र पाएको सास्तीका बारेमा बोल्नु भएको थियो । यसैगरी पुस्तकका लेखक शैलेन्द्र कुमार खतिवडाले पुस्तक लेख्न सहज नभएको र सन्दर्भ सामग्री, श्रोत खोज्दा नै समय लागेको भए पनि आफ्नो उद्देश्य र लक्ष्य अनुसार पुस्तक प्रकाशन गर्न सफल भएको बताउनु भयो ।

त्रियुगा संगीत विद्यालयका सदस्य पुण्य पौडेलको सवगत मन्तव्यबाट शुरु भएको उक्त अवसरमा शुभकामना मन्तव्यका साथै रचना वाचन कार्यक्रम समेत भएको थियो । शुभकामना मन्तव्य सहित रचना वाचन गर्नेहरूमा महेन्द्र कुमार राई, वीरेन्द्रकुमार बस्नेत, राममणि पोखरेल, शंकर थापा, शारदाप्रसाद भट्टराई, उद्धव घिमिरे, माधव पोखरेल गोज्याङ्ग्रे, कीर्ति बहादुर खड्का, रमेशरञ्जन झा लगायतका रहेका थिए ।

सो अवसरमा त्रियुगा संगीत विद्यालयका प्रशिक्षार्थी भाइ बहिनीहरूले कार्यक्रमको बिच विचमा शेलेन्द्र खतिवडाद्धारा रचित र अन्य गीत वाद्यवादन सहित गाएर उपस्थित दर्शक श्रोताहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले गर्नु भएको थियो ।

०००
– गोज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x