सुलसुलेकर्मदा सिर्जना मञ्चको एकतिसौँ कविगोष्ठी
कवयित्री गङ्गा लिगलज्यू प्रमुख आमन्त्रित विशिष्ट अतिथि वरिष्ठ कवि भुवनहरि शर्मा सिग्देल, डा. बमबहादुर थापा जिताली, कलानिधि दाहाल, भाग्यशाली अधिकारी, ज्यूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो ।

काठमाडौं, ०८०, साउन २५ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०८० साउन २५ गते बिहीवार ४.०० बजे एकतिसौँ प्रविधिमैत्री कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा कवयित्री गङ्गा लिगलज्यू प्रमुख आमन्त्रित विशिष्ट अतिथि वरिष्ठ कवि भुवनहरि शर्मा सिग्देल, डा. बमबहादुर थापा जिताली, कलानिधि दाहाल, भाग्यशाली अधिकारी, ज्यूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो ।
लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ । छन्द, स्वच्छन्द कविता, लोकछन्द, कोपिला,चारु, पञ्चाङ्ग रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
यस अवसरमा रचना वाचन गर्ने कविहरू गङ्गा लिगल, भुवनहरि शर्मा सिग्देल, डा. बमबहादुर थापा जिताली, कलानिधि दाहाल, भाग्यशाली अधिकारी,गणेश आत्रेय, विन्दु दाहाल, खोलाघरे साहिँलो, दुर्गाप्रसाद सिग्देल, दुष्यन्त भट्टराई, विष्णुहरि भट्टराई, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, सूर्यकुमार पण्डित, प्रकाशचन्द्र पोखरेल, टेकबहादुर लौडारी, चन्द्रावती अधिकारी , शारदा कार्की, तथा उर्मिला पन्त पाण्डेयले रचना वाचन गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित गङ्गा लिगलले साहित्य सुन्दर फुल हो । कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भईरहेका विषय बस्तुलाई बिम्ब बनाएर रचना गरिएका थिए । आज वाचित रचनाले मन्त्र मुग्ध बनाए भन्नु भएको थियो । विशिष्ट अतिथि भुवनहरि शर्मा सिग्देले कर्मदाले देश विदेशका सर्जकलाई लमजुङको पाउँदीबजार पुऱ्यायो । कर्मदा, कर्मदा जस्तै अविरल बगिरहोस् भन्दै शुभकामना दिनु भयो । डा. बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानको परिचर्चा गर्नुभएको थियो । भाग्यशाली अधिकारीले राष्ट्रकवि माधव घिमिरेको जन्मथलो साहित्य मौलाउने कार्य कर्मदाले गरेको छ भन्नु भयो ।
सूर्यकुमार पण्डितले मस्र्याङ्दीको अर्को नम कर्मदा हो भनेर जानकारी दिनु भयो । समीक्षक खोलाघरे साहिँला ज्यूले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । सो अवसरमा निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो ।
उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गर्नु भएको थियो । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल बनाउनु हुने सम्पूणर् स्रष्टालाई हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कविगोष्ठीको संयोजन पोखरेलले नै गर्नु भएको थियो ।
०००
– जगदीश्वर पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































