साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ जैशीलाई प्रदान

स्वदेशमै प्रकाशित नेपाली भाषाका विभिन्न विधाका उत्कृष्ट कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको सुन्दरप्रसाद शाह ‘दुःखी’ प्रतिष्ठानले २०७९ मा प्रकाशित पुस्तकहरूमध्ये खतिवडाको ‘बाँठी’ उपन्यासलाई उत्कृष्ट कृतिका रुपमा पुरस्कृत गरेको हो ।

Nepal Telecom ad

काठमाडौं, उपन्यासकार शिवप्रसाद जैशी खतिवडालाई यस वर्षको ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।

स्वदेशमै प्रकाशित नेपाली भाषाका विभिन्न विधाका उत्कृष्ट कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको सुन्दरप्रसाद शाह ‘दुःखी’ प्रतिष्ठानले २०७९ मा प्रकाशित पुस्तकहरूमध्ये खतिवडाको ‘बाँठी’ उपन्यासलाई उत्कृष्ट कृतिका रुपमा पुरस्कृत गरेको हो ।

प्रतिष्ठानकी अध्यक्ष करुणा शाहको सभापतित्वमा राजधानीमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि डा. तीर्थबहादुर श्रेष्ठले खतिवडालाई नगद राशी ३० हजारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

सम्मान ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै खतिवडाले सुदूरपश्चिम क्षेत्रका ठेट नेपाली शब्द, भाषा तथा रहनसहनमा लेखिएको आफ्नो कृतिले सम्मान पाउदा नेपाली भाषा साहित्य क्षेत्रमा अझ अघि बढन प्रेरित गरेको बताए ।

उपन्यासकार खतिवडा नेपाल माउन्टेन एकेडेमीका क्याम्पस प्रमुखसमेत हुन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x