साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

प्रमुख अतिथि साहित्यकार चूडामणि वशिष्ठ, विशेष अतिथिहरू र लेखक हेम अधिकारीले संयुक्त रुपमा तीन कृति एकैसाथ विमोचन गर्नु भयो ।

Nepal Telecom ad

झापा, ०८० भदौ २३ साहित्यकार हेम अधिकारीका तीन कृतिहरू ‘क्रियाका रुप विश्लेषण’, ‘जीवनका गौंडा गल्छेडाहरू’ र ‘उत्तरी ध्रुवतिर टहलिँदा’ नियात्रा सङ्ग्रह एकैपटक साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा विमोचन कार्यक्रम सम्पन्न भयो ।

प्रमुख अतिथि साहित्यकार चूडामणि वशिष्ठ, विशेष अतिथिहरू र लेखक हेम अधिकारीले संयुक्त रुपमा तीन कृति एकैसाथ विमोचन गर्नु भयो ।

प्रमुख अतिथि चूडामणि वशिष्ठले नेपाली भाषा साहित्यको महत्त्व बारे पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गर्दै जानुपर्ने, भाषा साहित्यतर्फ आकर्षण बढाउनुपर्नेतर्फ जोड दिँदै साहित्यकार हेम अधिकारीका यी तीन कृति सबल र सक्षम रहेकोमा जोड दिनु भयो ।

साहित्यकार विजयकुमार अधिकारीले ‘जीवनका गौडा गल्छेडाहरू’ माथि टिप्पणी गर्दै कृतिले आञ्चलिकतामा अडिएर लोपउन्मुख हाम्रा रितिरिवाज स्थानहरूको बारेमा उठान गरेको बताउँदै कृतिले नौलो र छुट्टै पहिचान हासिल गर्न सकेकोमा बधाई समेत दिनु भयो ।

‘उत्तरी ध्रुवतिर टहलिँदा’ कृतिमाथि टिप्पणी गर्दै साहित्यकार यज्ञ परिश्रमीले विकास भएमा नारा पनि बिक्ने रहेछ । वास्तविकता र यथार्थ ओझेलमा रहेकोे धरातलमा सुन्दरताको बयान पुस्तक भित्र पाइने तर्क उठाउनु भयो । नेपाल भौगोलिक रूपमा विश्वकै सुन्दर देश भएर पनि विकासका कारण नेपाल भन्दा कम सुन्दर देशहरू अगाडि छन् । उनीहरूको भौगोलिक सौन्दर्य विज्ञापनमा बाँचिरहेको यथार्थ पुस्तकभित्र पाइन्छ भन्दै परिश्रमीले लेखकको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा बाल कवि प्रियतम रिजाल, कवि देविचरण भण्डारी, साहित्यकार खगिन्द्रा खुसीले लेखकका सिर्जना/ कविता र गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप रोमाञ्चक बनाएका थिए । लेखकको तर्फबाट उहाँकै जेष्ठ सुपुत्री तुलसा अधिकारीले बोल्दै बुवाको लेखन र मेहनतबाट प्रभावित भएको र यसमा आमाको भूमिकाको पनि चर्चा गर्नु भयो । बुबाले कृति निकाल्न समयमा नसकेकोमा भावुक हुँदै तुलसाले थप्नु भयो- अब उहाँका कृतिहरू धमाधम बाहिरिने जानकारी समेत दिनु भयो ।

बिन्दु दहाल मूकदर्शकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ८० भन्दा बढी साहित्यकारहरूको उपस्थितिमा देवीचरण भण्डारी, पुन्यप्रसाद खरेल, राजेन्द्र संग्रौला, तिला लेकाली लगायतका स्रष्टाहरूले लेखकलाई बधाई र शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा खाजा नास्ता सहित सहभागीहरूलाई मायाको चिनो स्वरुप लेखकले विमोचित कृतिहरू हस्तान्तरण गर्नु भएको थियो ।

आयोजक संस्थाका महासचिव दिपक सुवेदीले सञ्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विष्णु सुबेदीले गर्नु भएको थियो ।

०००
काव्य घर नेपाल
तस्वीर-राजकुमार खड्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x