साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्दर्भ मोती जयन्ती- गजल मञ्च मकवानपुरमा गजलको उत्साह

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्षता, तुल्सी घिमिरेको प्रमुख आतिथ्यता तथा निमेष निखिलको विशिष्ट आतिथ्यता रहेको थियो । मञ्चका उपाध्यक्ष सञ्जित श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा नवसर्जक चौतारी नेपालका संरक्षक तथा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले मोतीराम भट्टको व्यक्तित्व/कृतित्व चर्चा बारे चर्चा गर्नुभयो ।

Nepal Telecom ad

मकवानपुर, ०८० भाद्र २८ । गजलमञ्च मकवानपुरले मोती जयन्ती विशेष गजल साँझ आयोजना गरेको छ । कार्यक्रममा सर्जकहरूले विविध गजल वाचन गर्नु भयो । मन्त्रमुग्ध भई सुनिरहेका दर्शक/स्रोताको तालीको गडगडाहट भने रहिरह्यो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्षता, तुल्सी घिमिरेको प्रमुख आतिथ्यता तथा निमेष निखिलको विशिष्ट आतिथ्यता रहेको थियो । मञ्चका उपाध्यक्ष सञ्जित श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा नवसर्जक चौतारी नेपालका संरक्षक तथा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले मोतीराम भट्टको व्यक्तित्व/कृतित्व चर्चा बारे चर्चा गर्नुभयो ।

गौतमले मोतीराम भट्टका गजल वाचन गर्दै नेपालमा गजल भित्र्याउने सर्जक, बनारस, कलकत्तामा अध्ययनदेखि दरबार स्कुलसम्मका साथै भाषिक ज्ञान र साहित्यिक प्रसङ्गहरू बारे चर्चा गर्नुभयो । साथै भानुभक्तलाई नेपाली साहित्यमा व्यापकरूपमा चिनाउने, श्रृङ्गारिक धाराका प्रवर्तक मोतीराम भट्ट माध्यमिककालीन कविताका प्रवर्तक भएको र उहाँले कूल २५ वटा कृतिहरू लेख्नुभएको स्पष्ट पार्नुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले अग्रजलाई सम्मान गर्ने परम्परा बसाउने मोतीराम भट्टले नेपाली साहित्यमा छोटो समय बिताए पनि लामो समयसम्मका लागि भजन, श्रृङ्गारिक गजल, उखानको बखानका कोष, भानुभक्तलाई चिनाउने उहाँका कृतिहरू नेपाली जनमानसमा उपलब्ध गराउने काम गर्नुभएको र गजल मञ्च मकवानपुरले उहाँलाई सम्झनेगरी यस्ता कार्यक्रम गरेकोमा गजल मञ्चलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मञ्चका अध्यक्ष केशव समर्पणले मोतिराम भट्टले गोरखा भारत जीवनमार्फत् पहिलो नेपाली भाषाको पत्रिका सञ्चालन गर्नुभएको विषयलाई जोड्दै नेपालीमा गजलको इतिहास कोरेर गजलको नेतृत्व गर्ने भट्टलाई गजल मञ्च मकवानपुर जहिल्यै सम्झिरहने बताउनुभयो ।

बिहिबार साहित्य संगम मकवानपुर र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गजल सर्जकहरू रजनी पौडेल, भवानी तिमल्सिना, सानु खनाल, पुरूषोत्तम आचार्य, सुनिल गौतम, निवर्तमान अध्यक्ष देवराज तिवारी, सुबास सजल, हरि पौडेल र तुल्सी घिमिरेले गजल वाचन/गायन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्य सर्जकहरू राजकुमार लामिछाने, सानु खनाल, डिबी बर्तौला, संघर्ष क्षेत्री, बैकुण्ठ लामिछाने आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रम गजलमञ्च मकवानपुरका सचिव हरि पौड्यालले सहजीकरण गर्नुभएको हो भने निकै सक्रियतापूर्वक हातेमालो गर्दै साहित्य सिर्जना, वाचन, विमर्श, गोष्ठीहरूमा मकवानपुरका साहित्यिक संस्थाहरूको सक्रिय सहभागिता रही आएको छ ।

०००
– हेटौडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x