साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्राे चिप्लिएछ

वनस्पति भाषण जस्ताे बिनाअर्थे आसन जस्ताे जथाभावी पस्ने छैन बिनाकारण बस्ने छैन माफ गर्नु है मेरा पृय याे मान्छेकाे बुद्धि साह्रै खिएछ हत्तेरिका नजानेर है हजुर ! स्वाट्ट जिब्राे चिप्लिएछ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

खै कसरी बाेलिएछ
कुरा अर्कै चल्दै थिएछ
मञ्च माला र माइकले मातिएकाे
तालीकाे उक्साहटबाट तातिएकाे
टपर्टुय्याँ नेताकाे उत्तेजना जस्तै
ह्वात्त पसिएछ
थ्याच्च मेचमा बसिएछ
अक्षरका पसारा जस्तै पाेखिने हुँदा
स्वाट्ट जिब्राे चिप्लिएछ ।

हुनत भन्न खाेजेकाे अर्कै थ्याे
प्रसङ्गकाे मारामार पनि चर्कै थ्याे
तर पनि बतासकाे पारा नबुझ्दा
एकातिर खाेलेकाे कपडा
अर्कैतिर उडाएछ
यता मनकाे चैते डढेलाेले
उता मनकाे वसन्त खाएछ
अर्थका सलहले
अर्कै गाेरेटाेमा माेड लिएछ
हत्तेरिका ! नजानेर है हजुर !
स्वाट्ट जिब्राे चिप्लिएछ ।

चिप्लिएकाे चिब्राे धेरै बल्ड्याङ लडिसक्याे
पश्चातापकाे डिग्री टाउकामाथि चढिसक्याे
वनस्पति भाषण जस्ताे
बिनाअर्थे आसन जस्ताे
जथाभावी पस्ने छैन
बिनाकारण बस्ने छैन
माफ गर्नु है मेरा पृय
याे मान्छेकाे बुद्धि साह्रै खिएछ
हत्तेरिका नजानेर है हजुर !
स्वाट्ट जिब्राे चिप्लिएछ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x