साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव अर्याल स्मृतिमा हास्यव्यङ्ग्य रचनावाचन प्रतियोगिता

परिषदका अध्यक्ष डिल्लिराज भट्टराईको अध्यक्षता, वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगी एवम् अप्रतियोगी रचनाहरू वाचन भएका थिए । प्रतियोगितामा देविप्रसाद न्यौपाने ‘धीर’ प्रथम, यज्ञलाल सुवेदी द्वितीय र कमल पोख्रेल निश्छल (कमल भैरवेली) ले तृतीय स्थान हासिल गरेका थिए ।

Nepal Telecom ad

भैरहवा, ०८० असोज ६ । हास्यव्यङ्ग्यका महान हस्ति भैरव अर्यालको स्मृति दिवसको अवसरमा सिद्धार्थ साहित्य परिषद, भैरहवाको आयोजनामा हास्यव्यङ्ग्य रचनावाचन प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा भैरहवा र बुटवलका स्रष्टाहरूको उल्लेख्य सहभागिता थियो । सहभागीहरूले उक्त प्रतियोगितामा हास्यरसका लेख कविता मुक्तक, गीत आदि प्रस्तुत गरेका थिए ।

परिषदका अध्यक्ष डिल्लिराज भट्टराईको अध्यक्षता, वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगी एवम् अप्रतियोगी रचनाहरू वाचन भएका थिए ।

प्रतियोगितामा देविप्रसाद न्यौपाने ‘धीर’ प्रथम, यज्ञलाल सुवेदी द्वितीय र कमल पोख्रेल निश्छल (कमल भैरवेली) ले तृतीय स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुनेहरूलाइ नगद पुरस्कार क्रमश रू. ७००, ५०० र ३०० प्रदान गरिएकाे थियाे । पुरस्कार नगदको साथमा पुस्तक डायरी, कलमसमेत प्रदान गरिएकाे थियाे

प्रतियोगिताममा तेजप्रसाद पन्थ, डिबि पुन, हृदय लेकाली, नरेन्द्र भण्डारी, सरु ज्ञवाली, शालिकराम पौडेल लगायत थिए भने सिता काफ्ले, लक्ष्मी पोखरेल, उमेश थापा, राम ब श्रेष्ठ लगायतले अप्रतियोगी रचना प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा पुरस्कार सौजन्यकर्ता साहित्यकार रमेश समर्थन, आख्यानकार बनमाली निराकार, विजय सागर, भरत पोखरेल लगायतले भैरव अर्यालको बारेमा चर्चा गर्नुका साथै हास्यव्यङ्ग्यमा कलम चलाउन खोज्नेले यस सम्बन्धी गहन अध्ययन गरेर मात्र कलम चलाउनु पर्ने सल्लाह, सुझाव सहभागीहरूलाइ दिएका थिए ।

कार्यक्रमकाे सन्चालन लक्ष्मीप्रसाद अधिकारीले र स्वागत विजय पाण्डेले गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x