साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिलीगुडीमा गुञ्जिए नेपाली कविहरु

जनपक्ष प्रकाशनले प्रकाशित गरेकाे र गीताश्री शर्माद्वारा लिखित वर्षा कविता सङ्ग्रह र शर्माद्वारा सम्पादित नारी कविहरुकाे रम्बास कविताहरुकाे सङ्गालाे काव्याञ्जलिकाे सार्वजनिकीकरण ।

Nepal Telecom ad

सिलीगुडी, २०८० मङ्सिर ११ । भारतकाे पश्चिम बङ्गालकाे दार्जिलिङ जिल्लाकाे सिलीगुडीमा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ ।

भारतकाे सिक्किम राज्यकाे गान्ताेक स्थित जनपक्ष प्रकाशनले प्रकाशित गरेकाे र गीताश्री शर्माद्वारा लिखित वर्षा कविता सङ्ग्रह र शर्माद्वारा सम्पादित नारी कविहरुकाे रम्बास कविताहरुकाे सङ्गालाे काव्याञ्जलिकाे सार्वजनिकीकरण कार्यक्रम र सम्बन्धित क्षेत्रका स्राेत व्यक्तिद्वारा विभिन्न विधामा वार्ता प्रस्तुति एवम् कविता वाचन कार्यक्रममा नेपालकाे उदयपुर सुनसरी माेरङ र झापाका डेढ दर्जनबढी कविहरुले कविता, गीत, गजल, मुक्तक सुनाएका छन् ।

नेपाल र भारतकाे आसाम, सिक्किम पश्चिम बङ्गालका कवि साहित्यकारहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
भारतीय नेपाली वरिष्ठ साहित्यकार रुद्र पाैडेलकाे सभाध्यक्षतामा भयकाे साे कार्यक्रममा आयाेजक संस्था जनपक्ष प्रकाशनका तर्फबाट लेखिका कवि गीताश्री शर्माले स्वागत मन्तव्य दिदै जनपक्ष प्रकाशनले पहिलाे चाेटी सिलीगुडीमा आयाेजना गरिएकाे बताउनु भयाे । रम्बास कविताका बारेमा तीन वर्षकाे अवधिमा गरेका प्रगतिका बारेमा जानकारी गराइएकाे थियाे ।

सबैभन्दा पहिले नेपालबाट गएका कविहरु माधव पाेखरेल गाेज्याङ्ग्रे, प्रिन्स प्रमाेद ढकाल,गाेपाल सङ्ग्राैला, गायत्री गुरागाँई, डमरु बल्लभ भण्डारी, सिर्जना नेपाल, पुष्पा नेपाल,रमेन्द्र काेइरालाले कविता वाचन गरेका थिए ।
त्यसपछि सिलीगुडीका पत्रकार विशु क्षेत्रीले भारतीय नेपाली पत्रकारिता सम्बन्धि मन्तव्य दिनु भएकाे थियाे ।

कविता वाचनकाे दाेश्राे प्रकरणमा भारतकाे असमका कविहरु कल्पना क्षेत्री, कुञ्जादेवी,इन्दिरा खड्का, रुक्मिनी शर्मा,हिरन्य आचार्य,गिरीधारी उपाध्याय लगायतका कविहरुले कविता वाचनगरेका थिए ।

तेस्राे प्रकरणमा पुनः नेपालका कविहरु प्रिन्स प्रमाेद ढकाल, शकुन्तला मन्जरी, छत्र काफ्ले, चिरञ्जीवी काफ्ले, शारदा दाहाल भण्डारी, भगवती ढुङ्गेल, खेमलाल पाेखरेल, राधा सुवेदी, काठमाण्डाैका अजिव आचार्य लगायतका कविहरुले कविता वाचन गरेका थिए ।

यसपछि गीताश्री शर्माद्वारा लिखित कविता सङ्ग्रह वर्षा रमबास कविता सङ्ग्रह काव्याञ्जलीकाे मिलन बाेहरा, पेम्बा शेर्पा दिपक सुवेदी, शुष्मा शर्मा, पुन्यप्रसाद शर्मा, गीताश्री शर्माद्वारा सङ्युक्त रूपमा पुस्तक सार्वजनिक गरिएकाे थियाे । सार्व जनिक भएकाे रम्बास कविता सङ्ग्रहकाे समीक्षा नेपालका समालाेचक कवि दिपक सुवेदीले र वर्षा कविता सङ्ग्रहकाे समीक्षा नेपालकै कवि नाटककार भरत गुरागाई बर्बरिकले गर्नु भएकाे थियाे भने दुवै पुस्तककाे समीक्षा लिल बहादुर सुनारले गर्नु भयकाे थियाे ।

यसैगरी रम्बास कविताका जन्मदाता तथा प्रणेता भारतकाे आसामका मिलन बाेहराले रम्बास कविताकाे परिचयका साथै यसकाे निर्माण संरचनाका बारेमा चर्चा गर्नु भएकाे थियाे ।

कार्यक्रममा भारतकाे सिक्किम, दार्जिलिङ, सिलीगुडी,. र डुवर्सका कविहरु अप्सरा दाहाल, विचन्द्र प्रधान, काटुक डेङजाेङपा, निमा तामाङ, विमल खतिवडा र पर्शुराम ढकालले रचना वाचन गरेका थिए ।

०००
– माधव पाेख्रेल गाेज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x