फित्काैली डटकमसिलीगुडीमा नेपालका साहित्यकारहरू सम्मानित
शब्द समय नामक साहित्यिक अभियानकाे १२४ औँ प्रकरणमा भएकाे एक कार्यक्रममा नेपालकाे उदयपुर सुनसरी, माेरङ र झापाबाट गएका साहित्यकारहरूलाई सम्मान गरिएकाे हाे ।

भारत सिलीगुडी । भारतकाे पश्चिम बङ्गाल राज्यकाे दार्जिलिङ जिल्ला स्थित सिलीगुडी निजककाे सालबारीमा नेपालका साहित्यकारहरूलाई सम्मान गरिएकाे छ ।
सिलीगुडीकाे सालबारी स्थित शब्द समय नामक साहित्यिक अभियानकाे १२४ औँ प्रकरणमा भएकाे एक कार्यक्रममा नेपालकाे उदयपुर सुनसरी, माेरङ र झापाबाट गएका साहित्यकारहरूलाई सम्मान गरिएकाे हाे ।
नेपालकाे उदयपुरबाट माधव पाेखरेल गाेज्याङ्ग्रे, सुनसरीबाट डमरूबल्लभ भण्डारी, रमेन्द्र काेइराला, राधा सुवेदी लगायतका सिलीगुडीमा सम्मानित भएका छन्।
यसैगरी माेरङ्का नाटककार तथा कवि भरत गुरागाई बर्बरिक, गायत्री गुरागाई, प्रिन्स प्रमाेद ढकाल, चिरञ्जीवी काफ्ले, छत्र काफ्ले, शकुन्तला भण्डारी, पुष्पा नेपाल सुवेदी, शारदा भण्डारी दाहाल रहेका थिए ।
यसैगरी झापाबाट खेमलाल पाेखरेल, गाेपाल सङ्ग्राैला, भगवती ढुङ्गेल, शेरबहादुर थापा, दीपक सुवेदी लगायतका साहित्यकारहरूलाई सम्मान गरिएकाे थियाे ।
नेपाल भारतका साहित्यकारहररू बिचमा सम्बन्ध जाेड्ने र एकापसमा साहित्यिक गतिविधिलाई अघि बढाएर नेपाली भाषा संस्कृतिलाई संरक्षण, संवर्द्वनका साथै आउँदाे पुस्तालाई यसकाे आवश्यकता महत्व र आैचित्यका बारेमा जानकारी हाेस भन्ने हेतुले नेपाली साहित्यकारहरूलाई बाेलाएर कार्यक्रम आयाेजना गरिएकाे जानकारी गराइएकाे थियाे । 
साे कार्यक्रममा सिलीगुडी सालबारी क्षेत्रका साहित्यकारहरूलाई नेपाली साहित्यकारहरूकाे तर्फबाट ज्ञानेन्द्र खतिवडा, टङ्क शर्मा, शैलेन्द्र समदर्सी, कालुसिह रणपहेली, माेहन ठकुरी लगायतकालाई सम्मान गरिएकाे थियाे ।
दुबै देशका दुई दर्जन बढी स्रष्टाहरूले कविता कथा, गजल, मुक्तक सुनाइएकाे साे कार्यक्रममा उतरबंग विश्विवद्यालयका नेपाली भाषा विभागका प्राध्यापक डा संजय वान्तवाले विशेष मन्तव्य दिदै नेपाल र भारत बिचमा राेटी बेटीकाे सम्बन्ध मात्र नभएर रगतकाे नाता पनि रहेकाेले भाषा साहित्य कला संस्कृतिका क्षेत्रमा सम्बन्ध गासिनु पर्छ ।
सन १९५०पछि र सन १९९०काे बिचकाे समयमा नेपाली भाषा साहित्यका हस्तीहरू बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकाेटा, लेखनाथ, सिद्विचरण लगायतले नेपाली भाषा साहित्य कला संस्कृतिकाे विकासमा ठुलाे याेगदान गरेकाे बताउनु भएकाे छ ।
०००
– माधव गाेज्याङ्ग्रेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































