फित्काैली डटकममध्यपश्चिमाञ्चल साहित्य परिषदद्वारा स्रष्टाहरू सम्मानित
कार्यक्रममा ‘योगी नरहरिनाथ स्मृति वाङ्मय पुरस्कार’ र ‘हरिप्रसाद मानकुमारी स्मृति पुरस्कार’बाट वरिष्ठ साधक चुडामणि बन्धुलाई सम्मान गरियो भने ‘मध्यपश्चिम स्रष्टा सम्मान’बाट कवि तथा निबन्धकार हरिहर अधिकारी (श्यामल) लाई सम्मान गरियो ।
काठमाडौँ, २०८० पुस २ । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकारहरूलाई सम्मान गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माको प्रमुख आतिथ्यता रहेकाे कार्यक्रमकमा साहित्यकारहरूलाई खादा, प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएकाे हाे ।
प्रदर्शनी मार्गस्थित पद्मोदय हाइस्कुलको सभा हलमा भएको उक्त कार्यक्रममा ‘योगी नरहरिनाथ स्मृति वाङ्मय पुरस्कार’ र ‘हरिप्रसाद मानकुमारी स्मृति पुरस्कार’बाट वरिष्ठ साधक चुडामणि बन्धुलाई सम्मान गरियो भने ‘मध्यपश्चिम स्रष्टा सम्मान’बाट कवि तथा निबन्धकार हरिहर अधिकारी (श्यामल) लाई सम्मान गरियो ।
त्यस्तै, ‘इन्द्रमणि मानव स्मृति सम्मान’बाट कवि तथा लोकसंस्कृति अन्वेषक मोतीराज बम, ‘लोकेन्द्र शाह स्मृति सम्मान’बाट कवि तथा कथाकार अमर शाह, ‘कालिदास जोशी स्मृति सम्मान’बाट कवि तथा समालोचक डा. दिपक गौतम, ‘प्रेमप्रकाश मल्ल स्मृति सम्मान’बाट कवि तथा लोकसाहित्य अन्वेषक मनोहर लामिछाने, ‘कृष्णसेन इच्छुक स्मृति सम्मान’बाट प्राडा. गोपिन्द्र पौडेल, ‘नेत्रलाल स्मृति सम्मान’बाट वरिष्ठ साहित्यकार गिरीराज शर्मालाई सम्मान गरियो ।
साथै, आख्यानकार बलदेव शर्मा मज्गैया, प्राडा. मिनबहादुर बिष्ट, मध्यपश्चिमाञ्चल साहित्य परिषदका सस्थापकहरु प्राडा. केशव सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्राडा. मधुसूदन गिरी, भाषा आयोगका माननीय सदस्यद्वय अमर गिरी र उषा हमाल, समालोचक जीवेन्द्रदेव गिरी, कवि धनबहादुर वली, वरिष्ठ गायिका कोमल वलीलगायतका साधकहरूलाई समेत सम्मान गरिएकाे थियो ।
२०५१ सालमा स्थापित मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले हरेक वर्ष विभिन्न विधाका साधकहरूलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest





































