सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दशरथ चन्द स्मृति पुरस्कारबाट मोहन दुवाल पुरस्कृत

शहीद दिवसका दिन मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि दुवाललाई चितवन जिसस प्रमुख नारायणप्रसाद अधिकारीको हातबाट पुरस्कृत गरिएको हो ।

Nepal Telecom ad

चितवन, २०८० माघ १६ । चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले प्रदान गर्ने यो पटकको ‘दशरथ चन्द स्मृति पुरस्कार’ पुरस्कार काभ्रे बनेपाका मोहन दुवालले पाएका छन् ।

शहीद दिवसका दिन मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि दुवाललाई चितवन जिसस प्रमुख नारायणप्रसाद अधिकारीको हातबाट पुरस्कृत गरिएको हो ।

हरेक वर्ष प्रदान गरिने यस पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कारका लागि वरिष्ठ साहित्यकार प्रध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गर्नुभएको ‘हाम्रो सिर्जना’ पत्रिकाका प्रकाशक डिआर पोखरेले जानकारी दिए ।

शहीदको बलिदानी भावानाप्रति उच्च सम्मान प्रकट गर्नका लागि यो पुरस्कार स्थापना भएको पोखरेलले जानकारी दिए । विस २०७० सालदेखि शहीद दिवसको दिन पारेर पुरस्कार दिइँदै आएको उनले बताए ।

दुवालले शहीद शुक्रराज शास्त्रीको चिन्तन प्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धाराबाहिक रुपमा प्रकाशित गरेका छन् । विस १९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सबैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अङ्कसम्म प्रकाशित गरेका छन् । त्यसैगरी विस २०६६ सालमा सो कृतिलाई पुनः पुस्तकको रुपमा प्रकाशित गरेको पोखरेलले बताए ।

शहीदको महत्वपूर्ण कृतिलाई जोगाउने काममा यो महत्वपूर्ण योगदान भएका कारणले दुवालाई पुरस्कृत गरिएको उनको भनाई छ ।

०००
– स्राेत चितवन न्युज

Fitkauli Publication Books comming soon
Nepal Telecom ad