साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशरथ चन्द स्मृति पुरस्कारबाट मोहन दुवाल पुरस्कृत

शहीद दिवसका दिन मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि दुवाललाई चितवन जिसस प्रमुख नारायणप्रसाद अधिकारीको हातबाट पुरस्कृत गरिएको हो ।

Nepal Telecom ad

चितवन, २०८० माघ १६ । चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले प्रदान गर्ने यो पटकको ‘दशरथ चन्द स्मृति पुरस्कार’ पुरस्कार काभ्रे बनेपाका मोहन दुवालले पाएका छन् ।

शहीद दिवसका दिन मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि दुवाललाई चितवन जिसस प्रमुख नारायणप्रसाद अधिकारीको हातबाट पुरस्कृत गरिएको हो ।

हरेक वर्ष प्रदान गरिने यस पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कारका लागि वरिष्ठ साहित्यकार प्रध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गर्नुभएको ‘हाम्रो सिर्जना’ पत्रिकाका प्रकाशक डिआर पोखरेले जानकारी दिए ।

शहीदको बलिदानी भावानाप्रति उच्च सम्मान प्रकट गर्नका लागि यो पुरस्कार स्थापना भएको पोखरेलले जानकारी दिए । विस २०७० सालदेखि शहीद दिवसको दिन पारेर पुरस्कार दिइँदै आएको उनले बताए ।

दुवालले शहीद शुक्रराज शास्त्रीको चिन्तन प्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धाराबाहिक रुपमा प्रकाशित गरेका छन् । विस १९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सबैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अङ्कसम्म प्रकाशित गरेका छन् । त्यसैगरी विस २०६६ सालमा सो कृतिलाई पुनः पुस्तकको रुपमा प्रकाशित गरेको पोखरेलले बताए ।

शहीदको महत्वपूर्ण कृतिलाई जोगाउने काममा यो महत्वपूर्ण योगदान भएका कारणले दुवालाई पुरस्कृत गरिएको उनको भनाई छ ।

०००
– स्राेत चितवन न्युज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x